Logo
१२ बैशाख २०८१, बुधबार
(March 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसईई परिक्षा स्थगित गरिएको बिरोधमा तराईमा आन्दोलन शुरु

काठमाडौं : प्रदेश नम्बर-२ को एसईई परिक्षा स्थगित गरिएको बिरोधमा शनिवार विहानैदेखि तराईमा आन्दोलन शुरु भएको छ ।
एसईई परिक्षा स्थगित गरिएको बिरोधमा आक्रोशित बन्दै विद्यार्थीहरुले शनिवार विहानैदेखि तराईमा आन्दोलन शुरु गरिएको हो ।

आन्दोलन गर्ने क्रममा विद्यार्थीहरुले सशस्त्र प्रहरी बलको एउटा ट्रक र प्रहरीका एक मोटरसाइकल जलाएका छन् । आन्दोलनकारीहरुले नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेम शाही डिएसपी शाहीमाथि ढुंगा प्रहार गरेपछि झडप भएको थियो ।

झपडपमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेम शाहीसहित ५ प्रहरी घाइते भएका छन् । सशस्त्र प्रहरीको गाडी जलाउने र प्रहरीलाई ढुंगा हान्ने कार्यक्रमा संलग्न ५ जनालाई नियन्त्रणमा लिइएको दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआईजी) हरि बहादुर पालले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Mar 30, 2019

प्रतिक्रिया दिनुहोस्