Logo
१२ बैशाख २०८१, बुधबार
(March 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परीक्षा रद्द गरेको भन्दै टायर बालेर सरकारविरुद्ध नाराबाजी

सिरहा : आज सामाजिक विषयको परीक्षा रद्द भएपछि घर फर्किन वाध्य भएका विद्यार्थीले पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको सिरहाको चोहर्वामा टायर बालेर सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

उक्त विरोधका क्रममा विद्यार्थीले स्थानीय प्रशासनविरुद्ध समेत नारावाजी गर्दै प्रदर्शन गरे । सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो भने विहिबार विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो । विद्यार्थीको प्रदर्शनका कारण लामो तथा छोटो दुरीको सवारी साधनहरु करिब ३ घन्टा सम्म पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको यातायात पूर्ण अवरुद्ध ढप्प हुदा सर्वसाधारणहरु मर्कामा परेका थिए ।

प्रर्दशनकारी र प्रहरीबीच पटक-पटक झडप समेत भएका थिए । प्रश्नपत्र आउट हुदा २ नम्बर प्रदेशकै परीक्षा रद्द हुनु सरकारले अत्याचारनै गरेको अभिभावकहरुले गुनासो पोखेका छन । परीक्षार्थीहरुले सिरहाको सदरमुकाम सिरहा, लाहान, मिर्चैया ,बन्दीपुर लगायतका स्थानहरुमा सडक अबरुद्ध गरि प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: Mar 29, 2019

प्रतिक्रिया दिनुहोस्