Logo
१३ बैशाख २०८१, बिहीबार
(March 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुपन्देहीस्थित विप्लव कार्यालय भवन ‘राताे घर’मा प्रहरीको डोजर

बुटवल : विगत १३ बर्षदेखि पार्टी कार्यालयको रुपमा प्रयोगमा आएको रुपन्देहीस्थित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यालयमाथि प्रहरीले डोजर चलाएको छ । बुटवलको पाल्पारोडस्थित ‘रातो घर’मा प्रहरीले डोजर लगाएर भत्काएकाे हो ।

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले केही दिन अगाडी सो कार्यालयमा ताला लगाएर पार्टीसँग सम्बन्धित सबै सामानहरु कब्जामा लिएको थियो । उक्त भवन विगत १३ बर्षदेखि पार्टी कार्यालयको रुपमा प्रयोगमा आएको थियो । उक्त दुईतर्ले रातो घर’ अहिले प्रहरीले भत्काइरहेको छ ।

सुरुमा तत्कालीन नेकपा (माओवादी)को कार्यालय रहेको सो भवनलाई केही समय वैद्य नेतृत्वको माओवादीले समेत उपयोगमा ल्याएको थियो । त्यसपछि विप्लव नेतृत्वको नेकपाले सो भवनलाई कार्यालयको रुपमा सञ्चालनमा ल्याएको थियो ।

उक्त भवन शुक्रबार साँझसम्म सम्पूर्ण भवन भत्काइसक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले जानकारी दिए । भवन भत्काउनका लागि विभिन्न ठाउँबाट डोजरहरु झिकाइएको समेत उनले बताए ।

प्रकाशित मिति: Mar 29, 2019

प्रतिक्रिया दिनुहोस्