Logo
६ बैशाख २०८१, बिहीबार
(March 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसईई परीक्षाको निरीक्षण गरिरहेको अवस्थामा विप्लवनिकट शिक्षक पक्राउ

बुटवल : सरकारले पछिल्लो समय नेत्रविक्रम चन्द विप्लवको पार्टी (नेकपा) का नेता कार्यकर्तामाथि उच्च निगरानी बढाएसँगै सो पार्टीका नेता र कार्यकता पक्राउ परिरहेका छन् । पक्राउको क्रममा कपिलवस्तुमा प्रहरीले (नेकपा) निकट शिक्षकलाई पक्राउ गरेको छ ।

नेत्र विक्रम चन्द विप्लवनिकट अखिल नेपाल शिक्षक संगठन कपिलवस्तुका अध्यक्ष रामनिवास चौहानलाई प्रहरीले पक्राउ गरेको हो । कपिलवस्तुको मायादेवी गाउँपालिका पकडीमा रहेको छत्रपाली त्रिर्थादेवी माध्यमिक विद्यालयमा एसईई परीक्षाको निरीक्षण गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट गएका प्रहरीले पक्राउ गरेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले विप्लवका कार्यकताहरु समाउन विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको बताए। तर, शिक्षक पक्राउ गरेको घटनाबारे केही बोल्न चाहेनन् । पक्राउ परेका चौहान कपिलवस्तुको जनता माध्यमिक विद्यालयमा बलुहवाका प्रधानाध्यापक हुन् ।

यता, इलाका प्रहरी कार्यालय पकडीको टोलीले चौहानलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तौलिहवामा पठाएको बताइएको छ ।

प्रकाशित मिति: Mar 29, 2019

प्रतिक्रिया दिनुहोस्