Logo
१५ चैत्र २०८०, बिहीबार
(March 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसइई परिक्षामा भयो यस्तो लापरवाही, आक्रोसित बन्दै विद्यार्थीले गरे सडक बन्द

रौतहट : एसईई परिक्षाको सामाजिक विषयको प्रश्नपत्र बिहीबार नै सामाजिक सञ्जाल तथा प्रदेश २ का पसलहरूमा छ्याप्छ्याप्ती भेटिए पछि अाज हुने बिषयको परिक्षा दिन नपाएका बिद्यार्थीहरुले शुक्रबार विहान रौतहटको चन्द्रनिगाहपुरमा चक्का जाम गरेका छन् ।

परीक्षा केन्द्र पुगेर पनि परिक्षा दिन नपाएपछि आक्रोसित विद्यार्थीहरुले चन्द्रनिगाहपुर स्थित पुर्व पश्चिम महेन्द्र राजमार्ग अबरुद्ध गरेका थिए । आन्दोलित विद्यार्थीहरुले करिब आधा घण्टा सवारी आवत जावतलाइ प्रभावित बनाएका थिए । परीक्षा अगाडी नै प्रश्न पत्र बाहिर गर्ने जो कोहीलाई राज्यले कार्वाही गर्नुपर्ने अन्दोलनमा सहभागी विद्यार्थी बिबेक मिश्रले बताए ।

यसरी कसैलाइ पनि विद्यार्थीको भबिष्य माथि खेलवाड गर्ने छुट नभएको अर्का बिद्यार्थी सारिका चौलागाइले बताइन । ‘दोषीलाई कार्वाही गर, परीक्षालाई खेलावाड गर्न पाइदैन ’भन्ने नारा सहित ठुलो संख्याका बिद्यार्थीहरु आन्दोलित भएका थिए । बिद्यार्थीहरुको आन्दोलनलाई जन ज्योति बहुमुखी क्यामपस चन्द्रनिगाहपुरको स्वबियुले साथ दिएको थियो । परीक्षार्थी माथि यसरी खेलवाड गर्नु लजास्पद कुरा भएको स्वबियु सभापति संगम श्रेष्ठले बताए ।

हिजो बिहीबार मात्रै बिज्ञान बिषयको परीक्षा दिएर पनि परिक्षा रद्ध भएको खबर सुनेको परिक्षर्थीले आजको समाजिक बिषयको पनि परिक्षा रद्ध भएपछि आक्रोसित हुन पुगे । स्थगित भएको बिज्ञान बिषय र समाजिक बिषयको परिक्षा परीक्षा अब चैत २२ र २३ गते हुनेछ । प्रदेश २ मा यस वर्ष लगातार दोस्रोपटक एसईई प्रश्नपत्र बाहिरिएको हो । सामाजिक विषयको प्रश्नपत्र बिहीबार नै सामाजिक सञ्जाल तथा प्रदेश २ का पसलहरूमा छ्याप्छ्याप्ती भेटिएका थिए।
च्भबम mयचभ बतस् जततउस्ररतजबजबपजबदबच।अयmरलभधकरटछटद्दठ

प्रकाशित मिति: Mar 29, 2019

प्रतिक्रिया दिनुहोस्