Logo
१५ चैत्र २०८०, बिहीबार
(March 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णालीको सुरक्षाका लागि सरोकारवाला सबै लाग्नुुपर्ने : मुख्यमन्त्री शाही

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको सुरक्षाका लागि सरोकारवाला सबै लाग्नुुपर्ने बताएका छन् । तेस्रो राष्ट्रिय नदी शिखर सम्मेलन-२०७५ को बिहीबार सुर्खेतमा उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन् ।

इतिहासमा रेशमी मार्गका रुपमा परिचित कर्णाली करिडोर बङ्गाल र भोटको व्यापार जोड्ने ठुलो आर्थिक करिडोर रहेको चर्चा गर्दै मुख्यमन्त्री शाहीले अब पनि कर्णालीलाई मुलुककै ठुलो अर्थतन्त्र निर्माणका लागि जुटनुपर्ने बताए ।

धार्मिक महत्वको मानसरोवर पुग्ने पर्यटकहरुका लागि कर्णाली करिडोर सबै भन्दा छोटो रुट हुने चर्चा गर्दै मुख्यमन्त्री शाहीले धार्मिक पर्यटनका दृष्टिले पनि कर्णालीको महत्व धेरै रहेको बताए । कर्णालीको प्राकृतिक स्वच्छता र सुन्दरताको संरक्षण अपरिहार्य रहेको बताउँदै मुख्यमन्त्री शाहीले कर्णालीको सुरक्षाका लागि सरोकारवाला सबै लाग्नुुपर्ने बताए ।

कर्णाली करिडोरमा सडक पूर्वाधारको विकासका लागि प्रदेश सरकार लागिपरेको भन्दै मुख्यमन्त्री शाहीले अबको ५ वर्षभित्र सडकमार्गबाटै पर्यटकहरु मानसरोवर जाने दावी गरे । केही महिनाअघि नदी संरक्षण संस्थाको अगुवाईमा कर्णाली नदीको उत्पतिस्थल तिब्बतदेखि गंगा नदीसम्म ४४ दिन लगाएर गरिएको अध्ययनमा आधारित वृत्तचित्र पनि कार्यक्रममा प्रदर्शन गरिएको थियो । शिखर सम्मेलन दैलेखको राकममा ३ दिनसम्म चल्नेछ ।

प्रकाशित मिति: Mar 28, 2019

प्रतिक्रिया दिनुहोस्