Logo
१५ चैत्र २०८०, बिहीबार
(March 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शारीरिक-मानसिक रुपमा अशक्त बालबालिकाका लागि पुर्नस्थापना केन्द्र स्थापना गरिने

काठमाडौँ : शारीरिक तथा मानसिक रुपमा अशक्त बालबालिकाका लागि सरकारले सबै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शारीरिक तथा मानसिक रुपमा अशक्त बालबालिकाहरुका लागि ७ सय ५३ वटै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।

त्यसमा उनीहरुको हेरचाह, विशेष खालको शिक्षालगायतका व्यवस्था गर्ने सरकारको नीति रहेकोे मन्त्री ज्ञवालीको भनाई छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मानसिक रुपमै अशक्त बालबालिकाहरुका लागि सरकारले भत्ताको व्यवस्था गर्ने नीति लिएको पनि बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले शारीरिक तथा मानसिक रुपमा अशक्त बालबालिकाहरुका अभिभावकहरुलाई पनि आवश्यक आर्थिक सहायता गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति: Mar 27, 2019

प्रतिक्रिया दिनुहोस्