Logo
८ बैशाख २०८१, शनिबार
(March 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्नीलाई उपचार गराउन अमेरिका गएका प्रचण्डले गरे मेरिल्याण्डको प्रदेश-संसद अवलोकन

काठमाडौं : अमेरिकामा पत्नी उपचारका लागि रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँको मेरिल्याण्ड राज्यको प्रदेश संसदको अवलोकन गरेका छन् । अध्यक्ष प्रचण्डलाई त्यहाँ नेपाली मुलका मेरिल्याण्ड राज्य सांसद ह्यारी भण्डारीले स्वागतसमेत गरेका छन् ।

मेरिल्याण्डकाे संसद भवन निरिक्षणका क्रममा प्रचण्डसँग अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, नेपाली मुलका सांसद ह्यारि भण्डारी, पत्नी सीता दाहाल र छाेरी गंगा दाहालसमेत रहेका थिए । अध्यक्ष प्रचण्डले नेपाली समुदायकाे सराेकारका विषयका साथै संसदका् प्रक्रियाका बारेमा सांसद भण्डारीसँग जिज्ञासा राखेका थिए ।

प्रचण्ड सचिवालय प्रमुख गङ्गा दाहालका अनुसार भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा चर्चा गर्दै नेपाल दीर्घकालिन शान्तिसँगै समृद्धि र विकासको स्थायी यात्रातर्फ अघि बढेको बताएका थिए । उनले शान्ति प्रक्रियालाई एतिहासिकरुपमा सम्पन्न गरेको र द्वन्दको रुपान्तरणबाट उल्लेख्य उपलब्धि हासिल भएको बताउँदै नेपालको विकासमा अमेरकी सहयोगको अपेक्षा गरेका थिए ।

नेपालकाे शीर उच्च राख्न नेपाली समुदायले प्रवासमा खेलेकाे भूमिकाकाे अध्यक्ष प्रचण्डले उच्च प्रशंसा गरेका थिए । उनले समृद्ध नेपालकाे निर्माणमा अमेरिकामा रहेका नेपालीकाे ठूलाे याेगदान हुने भन्दै नेपालमा लगानी र सहयाेगका लागि आव्हान समेत गरे । सोमबार मात्रै प्रचण्डले दक्षिण तथा मध्य एशिया हेर्ने एलिस जी वेल्ससँग पनि भेट गरेका थिए ।

भेटका क्रममा नेपालको शान्ति प्रक्रियाको उच्च प्रशंसा गर्दै एलिसले नेपालको विकास र स्थायि शान्तिका लागि अमेरिकाले सहयोग गर्दै आएको र भविष्यमा थप सुमुधुर सम्बन्ध विकास गर्न खोजेको बताए ।

प्रकाशित मिति: Mar 26, 2019

प्रतिक्रिया दिनुहोस्