Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मालपोतमा अनियमितता : कार्यालय प्रमुखको घरमा अख्तियारको छापा, कागजात नियन्त्रणमा

वीरगञ्‍ज : मालपोत कार्यालयहरुमा अनियमितता बढेको अख्तियारमा उजुरी परेपछि पर्सा र बाराको मालपोतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरु गरेको छ ।

सोमबार क्षेत्रीय कार्यालयको टोलीले मालपोत कार्यालय सिमरा बाराका प्रमुख मदन गुप्ताको घरमा छापा मारेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रपिुरमा रहेको गुप्ताको घरमा छापामारी गरि घरमा भेटिएको आवश्यक कागजातका फाइलनै नियन्त्रणमा लिइएको छ।

अख्तियारमा परेको उजुरीको समबन्धमा टोलीले बाराको कलैयामा रहेको मालपोत कार्यालयमा पुगेर लेखापाल युलकिशोर ठाकुरसित सोधपुछ गरि आवशयक कागाजात,फाईलहरुसमेत जफत गरिएको हो । नेपाल सरकारको खातामा जम्मा हुनुपर्ने राजशवबापतको रकम लेखापाल ठाकुर र मालपोत कार्यालय सिमराका प्रमुख मदन गुप्ताको सँयुक्त खातमा भएकको भेटेपछि अख्तियारको टोलीले लेखापाल ठाकुरसित सोधपुछ गरेका हुन् ।

सो क्रममा अख्तियारको टोलीले लेखापाल ठाकुरबाट २४ लाख ९२ हजार स्रोत नखुलेको रकम पनि बरामद गरेको छ । जिल्ला प्रशासन कार्यालय बाराले पनि मालपोत कार्यालय सिमराका प्रमुख गुप्ता बिरुद्ध छानविन तथा कारवाहिको माग गर्दै गएको फागुन २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको थियो।

प्रकाशित मिति: Mar 26, 2019

प्रतिक्रिया दिनुहोस्