Logo
१३ बैशाख २०८१, बिहीबार
(March 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४६ जिल्लामा लक्ष्मी बैंकको शाखा संख्या १०१ पुग्यो

काठमाडौं : लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा ४६ जिल्लामा शाखा संख्या १०१ पुगेको छ ।

सो बैंकले हालै काठमाडौंको बौद्ध र ललितपुरको ईमाडोलमा पनि आफ्नो १०० औँ र १०१ औँ शाखा संचालनमा ल्याएकोे छ ।

यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा १०१ शाखा, ५ हस्पिटल सेवा काउन्टर, ११७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

प्रकाशित मिति: Mar 26, 2019

प्रतिक्रिया दिनुहोस्