Logo
१३ बैशाख २०८१, बिहीबार
(March 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलनमा उत्रिए जनकपुरधाम सरसफाइ गर्ने मजदुर, मेयर शाहलाई माफी माग्न आग्रह

जनकपुर : प्रदेश न. २ का प्रम्ख धार्मिक स्थल मानिने जनकपुरधामलाई सरसफाइको जिम्मेवारी पाएका मजदूरहरु तलबको माग गर्दै आन्दोलित बनेका छन् ।

जनकपुर उपमहानगरपालिकाले २ महिना यता तलब नदिएपछि उनीहरु काम रोकेर आन्दोलित बनेका हुन् । तलबको बारेमा मेयर लालकिशोर साहलाई जानकारी गराउँदा उनले उल्टै दुर्व्यवहार गर्दै गालीगलौज गरेको आरोप मजदूरहरुले लगाएका छन् ।

यता उपमेयर रिता झाले सफाइ मजदुरको समस्या छिट्टै नै समाधान गरिने भन्दै काममा फर्किन आग्रह गरेकी छिन् । संघीय सरकारले करार तथा ज्यालादारीमा कर्मचारी भर्ना गर्न स्थानीय निकायलाई पत्राचार गरेपछि यस्तो समस्या आएको उपमेयर झाको भनाई छ ।

उनीहरुले मेयर साहले माफी माग्नुपर्ने र २ महिनाको तलब भुक्तानी गर्नुपर्ने माग राखेका छन् । सफाइ मजदूर अजय मेस्तरले आफूहरुलाई एक महिनादेखि तलब उपलब्ध गराउने आश्वासन दिएपनि हालसम्म तलब नदिई मेयर साहले उल्टै गाली गलौज गरेकाले तत्काल माफी माग्नुपर्ने र तलब उपलब्ध गराउनुपर्ने माग राखेको जानकारी दिए ।

प्रकाशित मिति: Mar 26, 2019

प्रतिक्रिया दिनुहोस्