Logo
८ बैशाख २०८१, शनिबार
(March 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोसी आयोजनामा पैसा अभाव

काठमाडौं : स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई नगदको समस्या देखिएको बताएका छन् ।

शनिबार आयोजनाको स्थलगत निरीक्षणमा गएका ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, राष्ट्रिय योजना आयोगका सदस्य (ऊर्जा हेर्ने) कृष्णप्रसाद ओली र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जानकारी गराएका हुन् । सोहि क्रममा मन्त्री पुनले आयोजनालाई नगद प्रवाहमा समस्या आउन नदिने प्रतिबद्धता समेत जनाएका छन् ।

भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर, निर्माण अवधि बढ्दा ठेक्का मूल्य समायोजन, विदशी विनिमय दरमा भएको नोक्सानी लगायतले आयोजनाको समग्र लागत बृद्धि हुँदा नगद प्रवाहमा समस्या आएको हो ।

आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विज्ञानप्रसाद श्रेष्ठले नगद प्रवाहको समस्या तत्कालका लागि समाधान गर्न अल्पकालीन ऋणको व्यवस्था गरिएको जानकारी दिए ।

‘नगद प्रवाहको समस्या समाधानका लागि दीर्घकालीन थप ऋणको लागि ऋणदाताहरुलाई अनुरोध गरिएको छ, राष्ट्रिय गौरवको यस आयोजनाले व्यहोरिरहेको नगद प्रवाहको समस्या समधान गर्न नेपाल सरकारबाट थप ऋणको व्यवस्था गरिदिनुपर्ने देखिन्छ’,श्रेष्ठले भने । अहिलेको संसोधित लागतमा ७ अर्ब ७० करोड रुपैयाँ अपुग भएको उनले जानकारी दिए ।

प्रकाशित मिति: Mar 26, 2019

प्रतिक्रिया दिनुहोस्