Logo
१३ बैशाख २०८१, बिहीबार
(March 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरबाट निस्किनुपूर्व बिहानै उठेर गर्नुहोस् यी कार्य, मिल्नेछ फाइदैफाइदा

काठमाडौँ :  धार्मिक शास्त्र अनुसार दिनको सुरुवात गर्ने केही सर्तहरु रहेका छन् । हिन्दु परम्परलाई मान्दै आएका हरेक व्यक्तिहरुको लागि दिनको सुरुवाती गर्नुपुर्व केही कुराहरुलाई ध्यान दिनुपर्ने नियमहरु छन् । जुन कार्य हरेक दिन गर्न सके दैनिकी नै सोचेभन्दा फरक हुनेछ ।

१. स्नान :  बिहान नुहाएर मात्रै भान्सामा पस्ने । स्वास्थ्यको दृष्टिले हेर्ने हो भने बिहानको स्नान उपयोगी मानिन्छ ।

२. भगवानको दर्शन :  बिहान उठ्ने बत्तिकै नुहाएर भगवानको पुजा आरधना गरे मनलाई शान्त हुने विश्वास रहेको छ । शुद्ध मन र स्वस्थ शरिर भएपछि व्यक्तिमा हरेक प्रकारका विचारहरु शुद्ध हुने गर्छ ।

३. तुलसीलाई जल चढाउनु र सेवन गर्नु : आयुर्वेदिक औषधीको रुपमा विशेष मानिने तुलसीलाई स्नान नगरी नछुनु भन्ने मान्यता रहेको छ । तुलसीको सेवन स्वास्थ्यको लागि निकै उत्तम मानिन्छ ।

४. ठुलाको आशीर्वाद :  घरबाट कतै निस्कनु पहिले आफूभन्दा ठुलाको आर्शिवाद लिनु पर्छ । जसले अरुलाई मान सम्मान दिन जानेको हुन्छ त्यस्तो व्यक्तिले हरेक तवरबाट सम्मान पाइरहेको हुन्छ । मनमा राखिएको केही आस्था र विचारले शुद्धी ल्याउँछ ।

५. दहि खानु :  घरबाट निस्कनु अघि वा कुनै शुभ कार्यको लागि घरबाट निस्कनु छ भने दही खानु शुभ मानिन्छ । यसो गर्नाले ठूलो विपद वा समस्या टर्ने विश्वास रहेको छ । दही सेवन गर्नु स्वास्थ्यको दृष्टिले पनि फाइदाजनक रहेको छ ।

प्रकाशित मिति: Mar 26, 2019

प्रतिक्रिया दिनुहोस्