Logo
१३ बैशाख २०८१, बिहीबार
(March 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जबर्जस्ती धर्म परिवर्तन गराउने कार्यको विरोध गर्नुपर्छ : नेता नेपाल

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जबर्जस्ती धर्म परिवर्तन गराउने कार्यको विरोध गर्नुपर्ने बताएका छन् ।

चितवनमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले जबर्जस्ती धर्म परिवर्तन गराउने कार्यको विरोध गर्नुपर्ने सँगै राजनीतिकर्मीले सबै धर्मलाई सम्मान गर्नुपर्ने बताए । उनले भने, “व्यक्तिको स्वतन्त्रता हो धर्म छनोट गर्ने तर, कसैले जबर्जस्ती गराउँछ भने दण्डको भागीदार हुनुपर्छ ।” उनले कसैले पनि धर्म परिवर्तन लोभ लालचमा गराउन नपाउने बताए ।

नेपालमा हिन्दू धर्मलाई परिवर्तन गर्ने काम भइरहेको भन्दै त्यसलाई दण्डित गर्नुपर्ने उनको भनाई थियो । नेता नेपालले होली वाइन बारेको प्रश्नका सन्दर्भमा प्रष्ट पार्दै भने “माधव नेपालले वाइन खाने कुराको कल्पनासमेत नगर्नुहोस्, म छुँदा’नी छुन्नँ ।” विसंं २०५२ मा पार्टीभित्र मदिरा निषेध गर्न आफूले अभियाननै चलाएको उनको भनाई थियो ।

मन्त्रिमण्डलमा नयाँ अनुहार पठाउने सवालमा नेता नेपालले सरकार गठन भएको एक वर्ष भइसकेकाले कामको मूल्याङ्कन गरी फेरबदल गर्नु उपयुक्त हुने बताए ।अर्को प्रसङ्गमा पार्टीको बैठक बसेर निर्णय हुन नसकेका कारण नेताले आफ्ना गुनासो बाहिर पोख्नुपरेको बताए ।

प्रकाशित मिति: Mar 26, 2019

प्रतिक्रिया दिनुहोस्