Logo
७ बैशाख २०८१, शुक्रबार
(March 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनमोललाई बलिउड फिल्मको अफर, नायिका जान्ह्वीसँग जोडी बन्ने सम्भावना

नेपाली सिनेमा क्षेत्रका लोकप्रिय नायक अनमोल केसीलाई फिल्ममा महंगो पारिश्रमिक दिएर फिल्ममा कास्ट गर्न चाहाने निर्माता निर्देशकहरु कम छैनन् । भारतमा नेपालको चर्चित नायकको रुपमा समेत समाचार बनिसकेको छ ।

उनी केही समय अगाडीमात्र भारतको चर्चित म्युजिक कम्पनी “वल्डवाईड रिकाड्र्स” ले निर्माण गर्न लागेको भनिएको एक बलिउड फिल्ममा अनुबन्धित भएका थिए । जसको खबर भारतको पत्रिकाले समेत छापेको थियो । कृको रिलिज ताका भएको उक्त सहमतिपछि छिट्टै फिल्म निर्माण गर्ने कुरा थियो तर उक्त फिल्म अब बन्छ की बन्दैन भन्नेमा कुनै खबर छैन भने अनमोल आफै पनि उक्त प्रोजेक्टका बारेमा मौन छन् । यसबीचमा पुन: उनलाई एक बलिउडका लागि अफर आएको खबर बाहिरिएको छ ।

चैत्र १ गतेबाट रिलिजमा आएको फिल्म ‘द म्यान फ्रम काठमाण्डु’ का निर्देशक पेमा धोन्डुपले निर्देशन गर्न लागेको बलिउड फिल्मको अफर अनमोललाई पुगेका हो । उनले फिल्मको कन्सेप्ट सुनिसकेका छन् तर फिल्मको औपचारिकरुपमा अफर भने नआएको अनमोल बताउँछन् ।

यदि अनमोलले उक्त फिल्ममा काम गरेको खण्डमा नायिकामा भने ‘धडक’ फेम नायिका जान्ह्वी कपुरलाई राख्ने सोच निर्देशकको रहेका छ  भने बलिउडका खलनायक गुल्सन ग्रोबर पनि फिल्ममा हुने निश्चित भईसकेको छ ।

भारतीय पत्रिकाले यसरी छापेको थियो समाचार

करिब १० करोडको लागतमा निर्माण हुन लागिरहेको उक्त फिल्मका लागि निर्माण टिम अनमोललाई ७० देखि ८० लाखसम्म पारिश्रमिक दिन तयार छ । अनमोल र पेमाबीच टिमअप गर्ने प्रयास भने एक लेखकले गरिरहेका छन् ।

हाल यस फिल्मका गीतको संगित तयार गरिरहेका छन् बलिउडका चर्चित संगितकार जतिन पण्डितले । यदि सब ठिकठाक रहेको खण्डमा बलिउडमा पनि अनमोलको डेब्यु हुनेछ भने नायिका जान्ह्वी कपुर राख्ने निर्माण टिमको तयारी छ ।

प्रकाशित मिति: Mar 26, 2019

प्रतिक्रिया दिनुहोस्