Logo
१५ चैत्र २०८०, बिहीबार
(March 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल स्टक एक्सचेन्ज घेराउ गर्न पुगे शेयर लगानीकर्ता

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) कार्यालय घेराउ गर्न पुगेका शेयर लगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजधानीको भद्रकालीस्थित रहेको सो कार्यालय घेराउ गर्न सेयर लगानीकर्ता दबाब समुह मंगलबार बिहान कार्यालय परिसर बाहिर धर्ना बस्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यालय प्रवेशमा रोक लगाएपछि उनीहरु प्रवेशद्धार बाहिर नै धर्ना बस्न लाग्दा प्रहरीले धरपकड गरि नियन्त्रणमा लिएको हो ।

उक्त क्रममा केही समय लगानीकर्ता र प्रहरीबीच भनाभन भएको थियो । शान्तिपुर्ण रुपमा विरोध गर्न पाउने नागरिकको अधिकार प्रयोग गर्न नदिएको भन्दै सेयर लगानीकर्ताले प्रहरीको गाडी भित्रै अर्थमन्त्री र प्रहरी हस्पक्षप विरुद्ध नाराबाजी गरेका थिए । अहिले १३ जना सेयर लगानीकर्ताहरुलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।

प्रहरी नियन्त्रणमा रहेका सेयर लगानीकर्ता दबाब समुहका दिपेन्द्र अग्रवालले शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार प्रयोग गर्दा धरपकड गरिएको भन्दै प्रहरी हस्पतक्षेपको विरोध गरे । शेयर लगानीकर्ताहरुले पूँजी बजार सुधार र विस्तारका लागि ३२ बुँदे माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति: Mar 26, 2019

प्रतिक्रिया दिनुहोस्