Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

को हुन् उनी, जस्ले पाईन् संसारकै सबैभन्दा महँगो हिराको हार

भारतीय धनाढ्य व्यापारी छोरा आकाश अम्बानीले आफ्नी प्रेमिका श्लोका मेहतासँग मार्च ९ तारिखमा विवाह गरेका छन् । बुवा मुकेश अम्बानी र आमा निता अम्बानीले छोरा आकाशको बिहे हिरा व्यापारी रसल मेहताकी छोरी श्लोका मेहतासँग गराईदिएका हुन् । श्लोका अब अम्बानी परिवारकी बुहारी हुन् । हालै श्लोकाको ‘मुख हेर्ने’ कार्यक्रमको आयोजना भयो ।

वुमन्स इराको रिपोर्ट अनुसार यो कार्यक्रममा सासु निता अम्बानीले बुहारीलाई तीन अर्ब भारु पर्ने हिराको हार उपहारस्वरुप दिएकी छिन् । खबरका अनुसार निता अम्बानी बुहारीलाई केही भिन्न कुरा दिन चाहन्थिन् । विभिन्न सामान हेरेपछि निताले श्लोकाका लागि तीन अर्ब पर्ने हिराको हार छनोट गरेकी हुन् । निता अम्बानीका अनुसार पहिला उनी परिवारको पुर्ख्यौली हार बुहारीलाई भेटको रुपमा दिने सोच बनाएकी थिइन् ।

अम्बानी परिवारमा यो पुर्ख्यौली हार निकै अघिदेखि नयाँ पीढिलाई हस्तान्तरण हुँदै आएको छ । परम्परा अनुसार घरकी जेठी बुहारीले यो गहना बचाएर राख्नुपर्छ । निता अम्बानीले उक्त सुनको नेकलेस आफ्नी सासुबाट पाएकी थिइन् र उनले बुहारीलाई पनि त्यही दिने सोच बनाएकी थिइन् । पछि निताले आफ्नो यो योजना परिवर्तन गरिन् । निताले पुर्ख्यौली हारको साटो श्लोकालाई संसारकै सबैभन्दा महँगो हिराको हार दिने निर्णय गरेकी हुन् ।

प्रकाशित मिति: Mar 26, 2019

प्रतिक्रिया दिनुहोस्