Logo
१५ चैत्र २०८०, बिहीबार
(March 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

११ करोड रुपैयाँ खर्चिएर कामपाले ल्याए नयाँ ब्रुमर, यी ५ रुटमा गरिनेछ प्रयोग

काठमाडौं : काठमाडौं महानगरपालिकाले हालसालै ५ वटा इटालियन ब्रुमर ल्याएको छ ।

एक साताअघि इटालीबाट काठमाडौं ल्याईएको नयाँ ब्रुमर (यान्त्रिक कुचो) मार्फत आज मंगलबारदेखि पहिलोपटक रत्नपार्कमा प्रयोग गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । मेयर विद्यासुन्दर शाक्यले विभिन्न प्रस्तावित ५ वटा रुटमा प्रयोग गर्ने गरी ब्रुमरको उद्घााटन गर्न लागेका हुन् ।

गत असारमा गरिएको बोलपत्रको आधारमा उक्त यन्त्र ल्याइएको हो । झण्डै ११ करोड रुपैयाँ खर्चिएर महानगरपालिकाले ल्याएका ब्रुमरले टेकुलाई केन्द्र बनाएर ५ वटा रुटमार्फत रिंगरोडभित्र सफाइको काम गर्नेछन् । पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा ६ टन क्षमताको छ । कलंकी, बल्खु, कालिमाटी, टेकु, सुन्धारा, टुँडिखेल आसपा, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तिनकुने, एयरर्पोट, पुतलीसडक, सिंहदरबाबर, हात्तिसार, दरबमरामर्ग, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर, सिनांगल, बसन्तपुर, मध्यबानेश्वर, भद्रकाली लगायतका क्षेत्रका सडकमा यिनको प्रयोग गरिनेछ ।

यी ब्रुमरहरु यूरो ४ स्टान्डर्डका हुन् भने यसमा पानी र धुलो दुई ट्यांकीहरु छन् । धुलो टिपेपछि ब्रुमरले पानी पनि छर्किन मिल्छ । यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गरिँदै आएको थियो । यसअघि रहेको एक ब्रुमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको पनि महानगरपालिकाले जनाएको छ ।

नयाँ ब्रुमरले दिनमा १० किलोमिटरसम्मको धूलो संकलन गर्न सक्ने क्षमता राख्छन् । यसमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली मेसिन जडान गरिएको छ । कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र काठमाडौं महानगरपालिकाकोे जिम्मेवारीमा पर्छ ।

प्रकाशित मिति: Mar 26, 2019

प्रतिक्रिया दिनुहोस्