Logo
१२ बैशाख २०८१, बुधबार
(March 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घाँस काट्न भनेर निस्किएकी १४ वर्षीया बालिका ११ दिनदेखि बेपत्ता

पर्वत :   उत्तरी पर्वतको जलजला गाउँपालिका-७ धाइरिङकी एक बालिका विगत ११ दिनदेखि बेपत्ता बनेकी छिन् । चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षीया सुनिता रिजाल अझैसम्म पनि सम्पर्कमा आएकी छैनन् ।

गहुँगोरो अनुहार भएकी, खैरो कपाल गरेकी अन्दाजी पाँच फिट उचाइ भएकी रिजाल घरभन्दा केही तलको सल्यानफाँटमा घाँस काट्न भनी गएको तर अहिलेसम्म नफर्किएको स्थानीय टेकनारायण आचार्यले जानकारी दिए । साँझ अबेरसम्म पनि घाँस लिएर घर नफर्केपछि सबै ठाउँमा खोजी गरे पनि कुनै पत्ता नलागेको बालिकाका बाबु महानन्द रिजालले जानकारी दिए । आफन्त, इष्टमित्र, गाउँ वरिपरि जताततै खोजतलास गर्दा पनि नभेटिएको रिजालले बताए ।

उनीहरुले अहिले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन दिएका छन् । परिवारले सोमबार प्रहरीलाई खोजी गरिदिन आग्रह गरेका हुन् ।

यता प्रहरीले मातहतका सबै युनिटहरुबाट बालिकाको हुलियासहित खोजीकार्य भइरहेको जनाएको छ । महानन्दका ४ छोरी र ५ छोरा छन् । उनी कान्छी छोरी हुन् । झट्ट हेर्दा सुस्त मनस्थिति भएकी जस्ती देखिने बालिका एक्कासी सम्पर्कविहीन भए पनि परिवार चिन्तित बनेको छ ।

प्रकाशित मिति: Mar 26, 2019

प्रतिक्रिया दिनुहोस्