Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विमानस्थलमा जफत भएको समान लिलामी हुँदै, चैत २५ सम्म रित पुगेका निवेदकले भाग लिन पाउने

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु तथा आपूर्तिकर्ताबाट जफत गरेको विभिन्न मालवस्तु सरकारले लिलामी गर्न सूचना निकालेको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १ करोड १२ लाख मूल्य बराबरका वस्तुको बढाबढद्वारा लिलामी प्रक्रिया अघि बढाएको हो । लिलामी गर्न लागिएका समानमा रक्सीदेखि हिमाली भेगमा पाईने यर्सागुम्बा सम्म छन् । विभिन्न ब्राण्डका ८ सय ४१ बोतल ह्वीस्की लिलामीमा राखिएको छ । यसको न्युनतम् मूल्य १८ लाख ६२ हजार बराबर छ ।

१६ लाख ३४ हजार मूल्यको विभिन्न सूर्ति जन्य पदार्थ पनि लिलामीमा राखिएको छ । पावहान गोदामबाट बरामद भएको ५ लाख ६० हजार बराबरको मोटर ट्रान्सर्फमर र ६४ लाख ८० हजार बरारको पीओएस टर्मिनल पनि लिलामीमा राखिएको छ । ७ लाख २० हजार मूल्य बराबरको यार्सागुम्बा पनि लिलमीमा छ ।

चैत २५ गतेसम्म रित पुगेको निवेदन दिनेहरुले बढाबढ लिलामीमा भाग लिन पाउनेछन् । चुरोट र मदिराको लिलामीका लागि अन्तशुल्कको इजाजत लिएको थोक बिक्रेता अनिवार्य गरिएको छ ।

प्रकाशित मिति: Mar 25, 2019

प्रतिक्रिया दिनुहोस्