Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तत: दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा सिफारिस

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलियालाई आयोगको प्रमुख आयुक्तमा सिफारिस गरिएको छ । संवैधानिक परिषदले निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव थपलियालाई सिफारिस गरेको हो।

परिषद्को सोमबार बसेको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको हो ।

केहि हप्तापछि थपलिया नेपाल सरकारको सचिवबाट अवकास पाँउदैछन् । नागरिक टाइम्सले यसअघि नै थपलिया प्रमुख निर्वाचन आयुक्त हुने समाचार सार्वजनिक गरेको थियो ।

निवर्तमान प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माले आइतबार मात्र अवकास पाएका थिए । रिक्त आयुक्त पदमा भने सिफारिस गरिएको छैन । यस्तै समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई नियुक्त गर्न सिफारिस गरेको छ ।

बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए । नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले बैठकमा आफू उपस्थित हुन नसक्ने जानकारी लिखित रुपमा गराएको परिषदले जनाएको छ ।

 

यो पनि पढ्नुहोस् :

http://45.77.46.207/2019/03/81920/

प्रकाशित मिति: Mar 25, 2019

प्रतिक्रिया दिनुहोस्