Logo
११ बैशाख २०८१, मंगलबार
(March 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवलाई पुन: अर्को झट्का : १२ घण्टा नबित्दै समातिए अर्का नेता

काठमाडौं : विप्लव नेतृत्वका कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) पक्राउ परेको १२ घण्टा नबित्दै सोहि पार्टीका नेता तथा भेरी-कर्णाली बुद्विजीवी परिषद्का इन्चार्ज धनराज शाही कालिकोटबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माका अनुसार विप्लव समूहका कालिकोटका जनसरकार प्रमुख समेत रहेका शाहीलाई मोल्पा भन्ने ठाउँबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका शाहीलाई जिप्रका लगिएको र अनुसन्धान भइरहेको डीएसपी शर्माले बताए ।

प्रकाशित मिति: Mar 25, 2019

प्रतिक्रिया दिनुहोस्