Logo
१५ चैत्र २०८०, बिहीबार
(March 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नायिका एलिजा गौतमले गरिन जन्मदिनको अवसरमा क्रिकेट रङ्गशाला निर्माणको लागि सहयोग

काठमाडौं : नायिका एलिजा गौतमले आफ्नो जन्मदिनको उपलक्ष्यमा चितवनको भरतपुरमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि १ लाख रुपैयाँ सहयोग गरेकी छिन् । गौतमले आफ्नो जन्मदिनको अवसर पारेर धुर्मुस सुन्तली फाउण्डेशन अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई रकम हस्तान्तरण गरेकी हुन ।

सो अवसरमा गौतमका श्रीमान तथा संचारकर्मी ऋषि धमलाले थप २ लाख सहयोग गर्ने घोषणा गरेका छन । उक्त अभियानमा जोडिएकोमा एलिजा गौतम र ऋषि धमलालाई धुर्मुस सुन्तली फाउण्डेशनले धन्यवाद व्यक्त गरेको छ ।

प्रकाशित मिति: Mar 25, 2019

प्रतिक्रिया दिनुहोस्