Logo
१५ चैत्र २०८०, बिहीबार
(March 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सारेगमप लिटिल च्याम्स : प्रितम र आयुषको धमकेदार प्रस्तुती. जुरीबाट पाए शत प्रतिशत नम्बर

काठमाडौं : चर्चित भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स’ मा नेपाली बालकहरु प्रितम आचार्य र आयुष केसीले धमकेदार प्रस्तुती दिएका छन् ।

आइतबार राती प्रसारण भएको शोमा पनि प्रितम र आयुष केसीले राम्रो प्रस्तुति दिँदै टप १४ भित्र पर्न सफल भएका छन् । शोमा प्रितमले ‘दिवाना’ फिल्मको गायक कुमार सानुले गाएको गीत ‘सोचेंगे तुम्हे प्यार’ गाएका थिए । उक्त गीतका कारण उनले जुरीबाट शत प्रतिशत नम्बर प्राप्त गरे । जुरीहरुले उनको गायिकाको तारिफ गर्दै यो नम्बर दिएका थिए ।

त्यस्तै शोमा आयुस केसीले पनि दमदार गीत गाए । केसीको गायकीको पनि जुरीबाट तारिफ आएको थियो । ‘सारेगमप लिटिल च्याम्स’ मा राम्रो प्रस्तुति दिइरहेका यी दुई नेपाली बालकको चर्चा अहिले नेपाल र भारतमा मात्र नभई विश्वभर नै हुन थालेको छ ।

प्रकाशित मिति: Mar 25, 2019

प्रतिक्रिया दिनुहोस्