Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कस्तो अवस्थामा खानुहँदैन मेवा ? जानीराखौँ यसका ८ बेफाइदा

एजेन्सी :  म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन र क्यारोटिन तथा डायटरी फाइबर जस्ता शरीरलाई फाइदा पुग्ने तत्वहरुले भरिएको मेवाले बेफाइदा पनि गर्छ । मेवाको सेवन कुनै समयमा शरीरका लागि निकै घातक हुन्छ । आयुर्वेदका अनुसार मेवा सेवन शरीरको लागि जति धेरै फाइदाजनक छ त्यति नै यसका नराम्रा असरहरु पनि छन् ।

गर्भवती महिलाका लागि
गर्भवती महिलाले मेवाको सेवन गर्नु हानिकारक मानिन्छ । मेवाले गर्भाशयलाई संकुचित गरिदिन्छ भएकाले यसको सेवनले गर्भपतन हुने खतरा बढ्छ ।

स्तनपान गराउँने महिला
गर्भावस्थामा मात्र नभई बच्चा जन्माइसकेपछि पनि मेवाको सेवन हानिकारक हुन्छ । मेवामा हुने पापेन ९एबउबष्ल० नाम विषाक्त पदार्थले बच्चामा गम्भीर असर पार्दछ । त्यसैगरी, बच्चा एक वर्षको नहुँदासम्म मेवा खुवाउँनुहुँदैन ।

एलर्जी
क्यारोटेनिया नामक रोगको विरामीले मेवाको सेवन गर्नुहुँदैन । मेवामा भएको लेटेक्स नाम पदार्थले उक्त रोगका विरामीमा छालाको एलर्जी हुन्छ ।

ब्लड प्रेसर
मेवाले शरीरमा सुगरको मात्रा कम गराउँन मद्दत गर्छ । तर, मधुमेहसँगसँगै ब्लड प्रेसरको समस्या भएकाहरुले मेवाको सेवा भुलेर पनि गर्नुुहुँदैन । साथै, प्रेसर नियन्त्रण गर्ने औषधि सेवन गर्नेहरुले डाक्टरको सल्लाहविना मेवाको सेवन गर्नुहुँदैन ।

मृगौलामा पथ्थरी
अध्ययनका अनुसार धेरै मात्रामा भिटामिन सीको सेवनले मृगौलामा पथ्थरी गराउँछ । मेवामा पनि उच्च मात्रामा भिटामिन सी हुने भएकाले जसले पथ्थरीको समस्या निम्त्याउँन सक्छ ।

झाडापखलामा
पेटमा समस्या भएको समयमा वा झाडापखला लागेको समयमा मेवाको सेवन गर्दा झन् धेरै पखाला लाग्न सक्छ ।

मुटु रोग
मुटु रोगसँग सम्बन्धित समस्याबाट गुज्रिरहनुभएको छ र औषधि सेवन गरिरहनु भएको छ भने मेवाको सेवनबाट टाढा रहनुपर्छ ।

घाँटीको समस्या
एक दिनमा एउटाभन्दा बढी मेवाको सेवन गर्दा घाँटीमा समस्या आउँछ ।

प्रकाशित मिति: Mar 25, 2019

प्रतिक्रिया दिनुहोस्