Logo
८ बैशाख २०८१, शनिबार
(March 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरमा खुशियाली आएको हेर्न चाहनुहुन्छ भने घरको मुलद्धारमा राख्नुहोस् यी चिज

काठमाडौँ :  हिन्दुधर्ममा विश्वास गर्ने जो कोहीले आफ्नो घर बनाउँदा वास्तुशास्त्र अनुसार बनाएका हुन्छन् । कुन दिशामा कसरी बनाउने भन्ने कुरा अनुसार घर निर्माण गर्दा राम्रो हुने जनविश्वास रहेकाले यसरी घर तथा आवास निर्माण गर्ने परम्परा रहेको छ ।

त्यस्तै घरलाई कसरी सुख शान्ति र समृद्धि प्राप्त गर्न सकिन्छ भन्ने कुरा पनि वास्तु शास्त्रमा उल्लेख गरिएको छ । त्यसकारण आज हामी तपाईहरुलाई वास्तु शास्त्रमा उल्लेख भएअनुसार घरलाई सुखी समृद्धि बनाउने केही उपाय बारे बताउन गइरहेका छौँ ।

१. घरको मुलढोकामा ठूलो ऐना राख्नु राम्रो हुन्छ । यसरी घरको गेटमा राखिएको ऐनामा घरमा आउने जो कोहीको प्रतिबिम्ब ऐनामा आओस् । यसो गर्दा घरमा कोही नकारात्मक उर्जा लिएर छिरेका छन भने त्यसको उर्जा फर्केर जान्छ ।

२. घरको मुलद्धारमा आर्शीवाद मुद्राम भएका हनुमानवजीको मूर्ति वा तस्वीर राख्दा दक्षिणतिर रहेको मुल गेटको वास्तुदोष हटेर जान्छ । घरको मुलद्धारमा पञ्चधातु पिरामिड लगाउँदा पनि वास्तुदोष हट्छ ।

३. घरको मुख्य द्धारमा वास्तुदोष देखिएमा घण्टी वा विन्डचाइम राख्नुपर्छ । जसले घरमा नकारात्मक उर्जा छिर्न दिँदैन् ।

४. घरको तुलसीको विरुवा रोपेर सन्ध्याकालमा हरेक दिन तुलसीको अगाडी दिपा बाल्दा घरमा रहेको वास्तुदोष हट्छ ।

५. घरमा रहेको सबैखाले वास्तुदोषको अन्त्य गर्न घरवरपर उम्रेको हरियो दुबो हरेक दिन गणेश भगवानको प्रतिमा चढाउँनुपर्छ ।

६. सुख र शान्तिको लागि घरको उत्तरी भागमा धातुबाछ बनेको कछुवाको प्रतिमा राख्नुपर्छ । जसले नकारात्मक उर्जा प्रवेश गर्न दिँदैन् ।

७. घरको मुख्यद्धारमा आफ्नो सामथ्र्य अनुसार रंगेल बनाउँदा राम्रो हुन्छ । जसले माता लक्ष्मीलाई आकृष्ट गर्ने र नकारात्मक उर्जाहरु आउन दिँदैन् ।

प्रकाशित मिति: Mar 25, 2019

प्रतिक्रिया दिनुहोस्