Logo
१३ बैशाख २०८१, बिहीबार
(March 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिबन्धित विप्लव-नेपालको कोशी व्युरो इञ्चार्जसहित २ जना पक्राउ

विराटनगर : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कोशी व्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुस्कर) सहित २ जना पक्राउ परेका छन् ।

यसअघि प्रहरीले नेकपाको मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओलीसहित ९ जनालाई पक्राउ गरेको थियो । श्रेष्ठसँगै आकाश शर्मा मोरङबाट पक्राउ परेका हुन् ।

श्रेष्ठ र शर्मा पक्राउ परेको प्रहरीले भने पुष्टि गरेको छैन । र, यसको विस्तृत विवरण पनि आउन बाँकी छ । घनश्याम श्रेष्ठ माओवादी जनयुद्धका बेला ब्यूरो सदस्य थिए ।

शान्ति प्रक्रियामा आएपछि उनले मिर्मिरे एफएमको प्रशासनिक जिम्मेवारी समेत सम्हालेका थिए ।

प्रकाशित मिति: Mar 25, 2019

प्रतिक्रिया दिनुहोस्