Logo
१२ बैशाख २०८१, बुधबार
(March 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दीपिका पादुकोणको नयाँ दमदार लुक : देखिनेछिन् एसिड अटैक सर्वाइवरको रुपमा

मुम्बई  :  मेघना गुलजारको निर्देशनमा बनिरहेको चलचित्र ‘छपाक’को पहिलो लुक पोष्टर रिलिज भएको छ । उक्त पोष्टरमा दीपिका पादुकोणको तस्बिर छ ।

दीपिका छपाक चलचित्रमा एसिड अटैक सर्वाइवर लक्ष्मी अग्रवालको भूमिकामा देखिनेछिन् । पोष्टरमा दीपिकाको लुक कारुणिक छ । छपाकमा दीपिका आफ्नो करियरकै सबैभन्दा चुनौतीपूर्ण भूमिका निभाउनेछिन् । फिल्ममा दीपिका पादुकोणको क्यारेक्टरको नाम मालती रहेको छ ।

दीपिका पादुकोणले पहिलो पोस्टर शेयर गर्दै लेखेकी छन्, ‘मालती, एक यस्तो भूमिका जो मसँग सधैँ रहनेछ ।’ फिल्ममा उनको क्यारेक्टरको नाम मालती रहेको छ । उनले पहिलो पोस्टर शेयर गर्दै लेखेकी छन्, ‘मालती, एक यस्तो भूमिका जो मसँग सधैँ रहनेछ ।’

प्रकाशित मिति: Mar 25, 2019

प्रतिक्रिया दिनुहोस्