Logo
१३ बैशाख २०८१, बिहीबार
(March 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्लभ वन्यजन्तु कृष्णसार लोप हुने अवस्थामा, १८४ मात्र बाँकी

धम्बोझी : जिल्लाको गुलरिया नगरपालिका-२ खैरापुरमा रहेको विश्वको दुर्लभ वन्यजन्तु कृष्णसार लोप हुने अवस्थामा रहेको छ ।

२०४३ सालसम्म कृष्णसारको सङ्ख्या ६०० थियो । अहिले कृष्णसारको सङ्ख्या १८४ मात्र रहेको छ । नेपालमा शिकार गर्न प्रतिबन्धित २६ वन्यजन्तुमध्येमा कृष्णसार पर्दछ ।

जनसङ्ख्या बढ्दै जानु ,जनघनत्वको चाप बढ्नु र अवैध शिकारका कारणले गर्दा यस वन्यजन्तुको संरक्षणमा चुनौती आएको ५ नम्बर प्रदेश सांसद तिलक शर्मा हिमालले बताए ।

गुलरिया नगरपालिका-२ पटाहाखैरापुरमा २०३२ सालमा केवल ५ वटा कृष्णसार फेला पारिएको थियो । त्यसमा २ भाले ३ पोथी थिए । तिनलाई तत्कालीन शाही कर्णाली शिकार आरक्षले संरक्षण गरेको थियो ।

अहिले ७०८ बिघा क्षेत्रफलमा कृष्णसार रहने व्यवस्था गरिएको छ । यस कार्यका लागि करीब रु १ करोड ८० लाख खर्च गरिएको थियो । विश्व वातावरणीय सहुलीयत जिइएफ भन्ने दातृ संस्थाको सहयोगमा वातावरण बचाउन आन्दोलन सञ्चालन योजनाअन्तर्गत कृष्णसारको आहारका रुपमा मुसुरो तथा दलहन जातिका बाली लगाउने कार्य गरिएको छ ।

प्रकाशित मिति: Mar 25, 2019

प्रतिक्रिया दिनुहोस्