Logo
१२ बैशाख २०८१, बुधबार
(March 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको जवाफ : ‘राउतले जनमतसंग्रह चाहेको होइन, जनमतका आधारमा अघि बढ्नेछन्’

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भ्रष्टाचार व्याप्त भएको तर त्यसलाई ढाकछोप गर्न आफूले नदिएको दाबी गरेका छन्।प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा भ्रष्टाचार भएकाले नै आफ्नो पहिलो कदम त्यसको नियन्त्रणका लागि चालेको बताए।

राजनीतिक हिसावले मुलुकमा रहेको पृथकतावादी विचार बोक्ने संगठन सदाका लागि अन्त्य भएको उनको भनाइ छ। उनले भने, ‘अब मुलुकमा विखण्डनवाद संगठन छैनन्। आफ्नै राष्ट्रिय गीत बनाएर हिँड्ने समूह आज राष्टिय गीत बजाएर आफ्नो कार्यक्रम सुरुवात गर्छ। के त्यो मुलुकको ठूलो राजनीतिक उपलब्धी होइन?’ प्रधानमन्त्री ओलीले सीके राउतको समूहले जनमतसंग्रह नभई जनमतका आधारमा अघि बढ्छु भनेको स्पष्ट पारे।

सुनकाण्डका दोषीलाई जेल सजाय तोकिनु त्यसको उदाहरण भएको उनको भनाइ छ। उनले भने, ‘ कहिले ३३ किलो सुनकाण्ड के भयो भनेको सुनेको छु, भ्रष्टाचार भइहरेको रहेछ, यति मानिस पक्राउ परेका छन् भन्ने टिकाटिप्पणी पनि सुन्छु तर भ्रष्टाचार गर्नेहरु त सजायको दायरामा पुर्‍याएका छौँ त।’

प्रधानमन्त्री ओलीले संसदको निर्देशनअनुसार सरकारले जिम्मेवारीपूर्वक काम गरेको र त्यसको प्रतिफल आइसकेको समेत बताए। उनले भ्रष्टाचार नियन्त्रणसँगै अन्य विकास निर्माणका योजनाहरु कार्यान्वनमा ल्याएको र त्यसले नतिजा पनि स्पष्ट दिइसकेको बताए।प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले एक वर्षमा परराष्ट सम्बन्ध अति नै बलियो बनाएको बताए।

उनका अनुसार परराष्ट सम्बन्धमा नीतिगत तथा व्यवहारगत पक्षमा सुधार आएको छ। आफ्नो सरकारले आशलाग्दो काम गरेपनि निराशाका कुरा गर्नेहरु धेरै भएको उनको भनाइ छ। उनले भने, ‘यो वर्ष सफल वर्ष भएको छ। हामीले सफलताको आधार वर्षका रुपमा लिएका छौँ। जनताले विश्वास गर्ने वातावरण बनिसकेको छ।’

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार संघीय संसद भवन नयाँबानेश्वरमा बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै । संघीय संसदको यस वर्षको हिउँदे अधिवेशन आज अन्त्य हुनेछ । तस्वीर : रत्न श्रेष्ठ

प्रकाशित मिति: Mar 24, 2019

प्रतिक्रिया दिनुहोस्