Logo
४ बैशाख २०८१, मंगलबार
(March 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चैत्र २२ र २३ गते कुम्हकार संघको महाधिवेशन हुँदै, यस्तो छ अध्यक्ष पंडितको अपिल

काठमाण्डौ : देशभर लगभग सवा लाखको हराहरीमा रहेको कुम्हकार जातीको जातीय संगठन नेपाल प्रजापति कुम्हकार, संघको चैत्र २२ र २३ गते सातौं राष्ट्रिय महाधिवेशन हुने भएको छ । मधेशी समुदाय अन्तरगत पर्ने कुम्हकार जातीको उक्त महाधिवेशनमा देशभरका १९ जिल्ला बाट सहभागी हुनेछन् भने उक्त महाधिवेशनको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पंडितले उद्घाटन गर्नेछन् । पंडित पनि सोही जातीका हुन् भने उक्त महाधिवेशन प्रदेश २ स्थित बिरगंजको टाउन हलमा हुन लागिएको हो ।

संघका राष्ट्रिय अध्यक्ष रामानन्द पण्डितका अनुसार उक्त महाधिवेशनबाट नयाँ कार्यसमितिको चयन गरिनेछ भने बिगतमा भए गरिएको कार्यहरुको विवेचना तथा नयाँ योजनाहरुको तर्जुमा गरिने छ । परापुर्वकालदेखि मुख्य रुपमा माटो भडाकुडा बनाउने पुस्तैनी पेशा रहेको कुम्हालहरु पंडित, प्रजापती, कुम्हाल, कुमाल, कोहार, पाल, चर्कवर्ती, वर्मा लगायतका थर लेख्ने गरेका छन् । पछिल्लो १७ वर्ष कृयाशिल संघ, जातीय रुपमा संगठीत भई देशको राजनीतिक, प्रशासनिक, तथा राज्यको प्रत्येक क्षेत्रमा हिस्सेदारीका लागि संघर्षरत रहेको छ ।

आफूहरु देशको आदिवासी भएकाले हामिलाई जनजातीको सुचीमा सुचिकृत गर्नुपर्ने अध्यक्ष पंडितको कथन रहेको छ । ‘पहाडको कुमाल जातीलाई जनजातीमा सुचिकृत गरिएको छ’ पंडितले भने ‘तर हामिसंग राज्यले विभेद गरेको छ, सोही किसिमका हामि कुम्हारलाई जनजाती सुचिमा राखिएको छैन ।’ पंडितले केन्द्रीय तथ्यांकको विवरणमा पनि त्रुटी रहेको बताए ।

 

यस्तो छ अध्यक्ष पंडितको अपिल : 

आदरणीय बन्धुहरु, 
मानव संस्कृतिका उत्पत्ति संगै सृष्टिका निर्माणाधीन कला कौशल एवं माटोका भाँडाकुडा बनाउने तथा पेशालाई मर्यादित बनाउने हाम्रा कुम्हार जातिलाई वेदले प्रजापति लगायत कुम्हार, पण्डित, कुमाल, कुमाले, कोहार तथा अन्य थरले चिन्हाएको कुरा विभिन्न प्रजापति सम्मेलनबाट स्पष्ट हुँदै आएको छ ।

मानिस प्रकृतिका सृष्टिकर्ता होइन तर मानवीय जगतलाई कृत्रिम रुपमा बाच्न बचाउन कला–संस्कृतिमा छर्लङ्ग पार्ने तथा स्वास्थ्य संस्कारलाई व्यापक पार्न हाम्रा कुम्हार जाति प्रति हामी पूर्ण आस्थावान रहनु साझा कर्तव्य हो । हामी हाम्रो जातजाति, धर्म र सम्प्रदायको नाममा वर्ग संघर्षलाई बढाउनु कदापी चाहन्नौ तर प्रजापति वर्गको सेरोफेरोमा रहेको अन्य समुदायलाई सक्दो मिलाएर पेशागत हक हितको संरक्षणमा अत्याधिक जोड दिने कुरा उपयुक्त नै होला भन्ने दुइ मत हुन सक्दैन ।

हामी एक आपसमा मिलेर हाम्रो अधिकार, दायित्व निर्वाह, शान्ति प्रगति एवं समस्त राष्ट्र र विश्व परिवारको भलो चिताउने दायित्व पनि हामी सबैको जिम्मेवारी हो । परम्परागत कला संस्कृतिलाई विकसित एवं व्यापक पारौं, मानवीय प्रेम-सद्भावलाई निरन्तरता प्रदान गरौं एवम् सम्पूर्ण प्रजापति समुदायलाई मर्यादित बनाउन स्वच्छ हृदयले मौकामा निःसन्देह एक अर्कालाई सहयोग गरौं । हामीलाई अझ एकता प्रदर्शन गर्न एवं आफ्नो पेशागत हकहितको संरक्षण र कला संस्कृतिको सम्बद्र्धनको साथै सफल र सक्षम संगठन निर्माण गर्नतर्फ लाग्नु पर्ने देखिन्छ ।

मानव इतिहासमा सृष्टिको शुरु देखि नै प्रजापति, कुम्हारहरु माटोलाई गिलो बनाई चक्रमा राखी आफ्नो आँखाले हेर्न सक्ने सबै प्रकारका प्रतिमा तथा मुर्तिहरु बनाउने कार्य प्रजापतिको आफैमा महत्वपूर्ण छन् । मानवको सबै सभ्यतासंग प्रजापतिहरुले काल–कृति सिर्जना गर्दै आएका ऐतिहासिक प्रमाणहरुलाई अझ प्रभावकारी रुपमा खोज तलास गरी सत्य तथ्यहरुलाई शिलालेखको रुपमा राख्नुपर्ने जरुरी देखिन्छ । नेपालको विभिन्न भूभागमा बस्ने कुम्हार समुदायको सामाजिक एकता, भाइचाराको सम्बन्ध विस्तार, सांस्कृतिक उत्थान, जातीय पहिचान, चेतना अभिवृद्धि, विभेद तथा अपमान र तिरस्कारमा परेकालाई राम्ररी बुझ्न अभिप्रेरित गर्ने विश्वास लिएको छु ।

मधेशमा बसोबास गर्ने प्रजापति र कुम्हारहरुलाई जनजाति सूचीमा समावेश नगरी विभेद गरेको छ । आर्थिक र शिक्षाको स्तर कमजोर रहेको कारण समाजमा अन्धविश्वास असहयोग खेपि रहेको छर्लङ्ग छ । अब पनि हामी प्रजापतिहरुले लोकतान्त्रिक मुलुकमा “सोएर हाइन जागेर । अशिक्षाले होइन् – शिक्षाले । अन्धविश्वासले होइन–आत्मविश्वासले । बेरोजगारीले होइन–शीप रोजगारीले । अनेकताले होइन – एकताले आफ्नो शिक्षा, पेशा, कला–संस्कृति, राजनैतिक, रोजगारी, जस्ता हकहित संरक्षण सम्बद्र्धन गर्न र समता मुलक समाजको निर्माणमा सहयोग गरी समाजका सबै जातजाति, दाजुभाई, दिदी बहिनीहरुसंग मिलिजुली अमन चयन शान्ति साथ जीवनयापत गर्न सक्नु पर्छ ।

आज नेपाल प्रजापति (कुम्भकार) केन्द्रिय कार्य समितिको सातौं राष्ट्रिय महाधिवेशन पर्सा जिल्लाको विरगञ्ज टाउन हलमा यही मिति २०७५ चैत्र २२ र २३ गते सु–सम्पन्न हुन गइरहेको कुरा सर्वविधित छ । तपाइहरुबाट समय समयमा पाएको वयापक सहयोगले स्वजाति बन्धुहरुकै गरिमा बढेकोमा कोही दुई मत हुन सक्दैनौं । समाजमा हाम्रो बन्धुहरुकै गरिमा बढेकोमा कोही दुई मत हुन सक्दैनौं । समाजमा हाम्रो बन्धुहरुको कम जनसंख्या त्यसमा पनि अधिकांश परिवार आर्थिक, सामाजिक, शैक्षिक, रोजगारी तथा राजनैतिक क्षेत्रमा पछाडी परेका छौं परिणाम सांस्कृतिक शिक्षा एवम् जीवनयापनमा प्रत्यक्ष प्रभाव पर्ने गर्दछ ।

हाम्रो यो संगठन कुनै सरकारी वा अर्धसरकारी संगठन होइन, यो त कुम्हार जातिहरुको लागि आवश्यक चेतना शिक्षा, सिप, कला–संस्कृति, मेल–मिलाप, सामाजिक सद्भाव सहयोग आदान–प्रदान आदि जस्ता कार्यको निम्ती विशुद्ध गैर सरकारी सामाजिक संस्था हो । जुन ऐन कानूनको अधिनमा रही अगाडी बढ्नु पर्दछ । मेरो अवधिमा यो कार्यसमितिले गरेका केही कार्यहरुलाई प्रगतिको रुपमा तपाईहरु समक्ष प्रतिवेदन प्रस्तुत गर्दछु ।

  • १) आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा बाराको कलैयामा प्रथम राष्ट्रिय कुम्हार महोत्सव मनाउने काम सम्पन्न गराएको ।
    २) घरेलु तथा साना उद्योग विभाग त्रिपुरेश्वर काठमाण्डौको सहयोगमा जनकपुरको महेन्द्रनगरमा र रौतहटको गौरमा सेरामिक्स रबर मोल्ड सम्बन्धी तालिम सम्पन्न गराएको ।
    ३) पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा कुम्हार जातिलाई अमुर्त संस्कृतिको संरक्षण तथा जातिय पहिचान सम्बन्धी जनचेतनामूलक तालिम कार्यक्रम सुनसरीको इनरुवा र सप्तरीको बरमझीयामा सम्पन्न गराएको ।
    ४) आदीवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा कुम्हार जातिलाई नयाँ प्रविधिद्धारा माटोका भाँडाकुडा बनाउने सम्बन्धी तालिम सर्लाहीको मलङ्गवा र मोरङ्गको डैनियामा सम्पन्न गराएको ।
    ५) रौतहटको कटहरीयामा गरिब, धनी, सानो–ठूलो, गाउँ–शहर समाजका कुरितीहरु कम गर्न तथा दहेज प्रथालाई न्यूनीकरण गर्ने सम्बन्धी सम्मेलन गराएको ।
    ६) कुम्हार जातीलाई जनजातिमा सूचिकरण गर्ने प्रकृया अन्तिम चरणमा पु¥याएको ।
    ७) देश विदेशका प्रजापति सम्मेलनहरुमा भाग लिई अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरेको ।
    ८) प्रथम पटक सम्पूर्ण जिल्लाहरुमा जिल्ला अधिवेशन गराई जातिय उत्थान तथा जनसंख्या लगायतको बारेमा जानकारी गराएको ।
    ९) जातीको सर्वेक्षण सम्बन्धी लगत लिने काम भैरहेको ।
  • आगामी कार्यक्रमहरु :
    १. नेपालमा कुम्हार जातिको लागि माटिकला बोर्डको स्थापना गराउने ।
    २. विना दहेज बिहे गर्ने र गराउनेहरुलाई सम्मान गर्दै लैजाने ।
    ३. वेटी पढाउ वेटी बचाउ अभियानलाई निरन्तरता दिने ।
    ४. संस्थाको आर्थिक सबल बनाउन आजीवन सदस्य विस्तार गर्ने ।
    ५. जेहेन्दार र गरिब विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गराउने ।
    ६. संस्थाले अस्पलताहरुसंग सम्झौता गरी स्वजातिय बन्धुहरुलाई उपचारमा छुटको व्यवस्था गराउने ।
    ७. संस्थाको तर्फबाट एम्बुलेन्स संचालन गर्ने ।
    ८. समाजको आफ्नै सहकारी संचालन गर्ने ।
    ९. सम्पर्क कार्यालय काठमाण्डौमा खोल्ने ।
    १०. अन्य कार्यहरु थप गर्दै जाने ।

रामानन्द पण्डित,
राष्ट्रिय अध्यक्ष,
नेपाल प्रजापति कुम्हकार, संघ

हेर्नुस् संघका गतिबिधिहरु :

प्रकाशित मिति: Mar 24, 2019

प्रतिक्रिया दिनुहोस्