Logo
८ बैशाख २०८१, शनिबार
(March 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जब खुलेआम आलियाले स्टेजबाट नै भनिन् रणबीर कपूरलाई ‘आई लभ यु’

मुम्बई :  अवार्ड कार्यक्रममा अभिनेत्री आलिया भट्टले स्टेजबाट नै रणबीर कपूरलाई ‘आई लभ यु’ भनेकी छिन् । उनले स्टेजबाट नै रणबीरसँगको सम्बन्धलाई स्वीकार गर्दै उनको नाम बोलाएर ‘आई लभ यु’ भनेकी थिइन् ।

शनिबार राति भएको ६४औँ फिल्म फेयर अवार्डमा आलियाले फिल्म ‘राजी’ बाट अवार्ड प्राप्त गरेकी थिइन् भने रणबीरले फिल्म ‘सञ्जु’ बाट अवार्ड प्राप्त गरेका थिए । अवार्ड थाप्दै गर्दा भावुक बनेकी आलियाले स्टेजबाट वक्तव्य दिँदै गर्दा मायाका शब्दहरु प्रस्तुत गरेकी थिइन् ।

उनले भनिन्, ‘मेघना, मेरो लागि ‘राजी’ तिमी हौ । यसमा मेरो रगत र पसीना छ । विक्की ९विक्की कौशल०, तिमी विना यो फिल्म कहिल्यै सफल हुँदैनथियो । मेरो मार्गनिर्देशनको लािग करण९करण जौहर० र मेरो पापालाई धन्यवाद । आजको रात प्रेमको नाम, आई लभ यु ।’

उनले फिल्म ‘राजी’ को लागि सम्पूर्ण टिमलाई धन्यवाद दिएकी थिइन् । यसैबीच, मुख्य भूमिकाको लागि रणबीर कपूरलाई उत्कृष्ठ अभिनेता घोषित गरिएको थियो । उनले आलियालाई चुम्बन गरे । त्यसपछि उनले पूर्वप्रेमिका दीपिका पादुकोणलाई अंगालो हाले र अवार्ड लिन गए ।

प्रकाशित मिति: Mar 24, 2019

प्रतिक्रिया दिनुहोस्