Logo
४ बैशाख २०८१, मंगलबार
(March 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘लुट’ र ‘कबड्डी’पछि फेरी एकसाथ आउँदैछन् दयाहाङ- सौगात

थीएटर कलाकारहरुको रुपमा नेपाली सिनेमा क्षेत्रमा नेम र फेम दुबै कमाउन सफल नायकहरु हुन दयाहाङ राई र सौगात मल्ल । चकलेटी अनुहार र सर्लक्क जीउ परेको नायकहरुको बाहुल्यता तोड्दै ठुलो पर्दामा भित्रिएका यी दुबै जनाले धेरै फिल्महरुमा एकसाथ काम गरिसकेका छन् । त्यसमध्ये कति सफल रहे, कति असफल ।

जब दया र सौगातको नाम आउँछ तब ‘लुट’ र ‘कबड्डी’ जस्ता फिल्महरुको याद दर्शकहरुलाई आउने गर्छ । यस्तै धमाकेदार फिल्म यी दुई जनाले फेरी एकसाथ दिउन भनेर चाहने दर्शकहरु धेरै छन् ।

यसैबीच लप्पन छप्पन २ मा दया र सौगात फेरी एक पटक जोडिएका छन् । फिल्ममा पहिलो सिरिजमा काम गरेका कलाकारहरु नै प्रायः सिक्वेलमा दोहोरिएका छन् ।

फिल्ममा दया र सौगातसंगै अर्पण थापा ,मिस नेदरल्याण्ड सेकेण्ड रनरअप केरोलिन कोलिन्डा ,अनुपविक्रम शाही , यतिबेला बलिउडमा संघर्ष गरिरहेकी सुरबिना कार्की ,देव कुमार लगायतका कलाकारहरुको पनि अभिनय रहने भएको छ ।

अर्को वर्षको महाशिवरात्रीमा प्रदर्शनमा ल्याउने तयारी भइरहेको फिल्मलाई चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले निर्माण गर्नेछन् । कार्यकारी निर्मातामा प्रकाश कुँवर र निर्मल कुमार मिश्र छन् । कथा, पटकथा र संवादमा निर्देशक भट्टलाई अमित शर्मा र विवेक पाण्डेले सघाएका छन् । पी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स् पिक्चरको संयूक्त ब्यानरमा बन्ने यस फिल्मलाई सिमोस तामाङले निर्देशन गर्नेछन् ।

प्रकाशित मिति: Mar 24, 2019

प्रतिक्रिया दिनुहोस्