Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हुवावेले डुअल क्यामरा र फाइभ जी इन्टरनेट चल्ने स्मार्ट टिभी बजारमा ल्याउँदै

एजेन्सी :  शाओमी लगायतका प्रतिस्पर्धी कम्पनीहरुलाई टक्कर दिनका लागि चिनिया कम्पनी हुवावेले अब टेलिभिजन बजारमा पनि पाइला चाल्ने भएको छ ।

समाचार अनुसार हुवावेले आगामी अप्रिलमा स्मार्ट टिभी लञ्च गर्ने तयारी गरेको छ । उक्त स्मार्ट टेलिभिजनमा डुअल क्यामरा सेटअप, सोसल तथा गेमिंग फिचर समेत रहनेछ । कम्पनीका अधिकारीका अनुसार एक वर्षमा १ करोड गोटा बिक्रि गर्ने लक्ष्यका साथ हुवावेले टेलिभिजन ल्याउन लागेको हो ।

५५ इन्च र ६५ इन्च गरी दुईवटा मोडेलमा हुवावेले स्मार्ट टिभी ल्याउनेछ । ५५ इन्चको टिभीको आपूर्ति बेइजिंग ओरियन्टल इन्टरप्राइजेज र ६५ इन्चको टिभीको आपूर्ति शेनझेन चीन स्टार अप्टोइलेक्ट्रोनिक्स टेक्नोलोजी लिमिटेडले गर्ने बताइएको छ । सबैभन्दा महत्वपूर्ण कुुरा त के भने कम्पनीको ६५ इन्चको स्मार्ट टिभीले फाइभ जी नेटवर्क पनि सपोर्ट गर्नेछ ।

हुवावेले भविष्यमा होम टिभीमात्र नभएर व्यवसायिक टेलिभिजनको क्षेत्रमा पनि व्यवसाय विस्तार गर्ने योजना बनाएको बताइएको छ । यद्यपि कम्पनीले यसबारेमा कुनै आधिकारिक घोषणा गरेको छैन ।

प्रकाशित मिति: Mar 24, 2019

प्रतिक्रिया दिनुहोस्