Logo
७ बैशाख २०८१, शुक्रबार
(March 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनमत सङ्ग्रहको माग गर्दै ब्रेक्जिट विरोधीद्वारा भव्य प्रदर्शन

लण्डन :  ब्रेक्जिटबारे अन्यौल कायम रहेका समय संयुक्त अधिराज्य (बेलायत) मा यूरोपियन यूनियनबाट बेलायत बाहिरिनु हुन्न भन्ने समूहद्वारा ब्रेक्जिट बिषयमा अर्को जनमत सङ्ग्रहको माग गर्दै भव्य प्रदर्शन गरेका छन् ।

इयूबाट बेलायतको बहिर्गमन हुनुहुन्न भन्ने पक्षका ठूलो समूहमा राजधानी पुगेका समर्थक लण्डनको हाइड पार्कमा जम्मा भई मध्य लण्डन हुँदै शहरका विभिन्न स्थानमा पुगेका थिए । उनीहरूले ब्रेक्जिटको बिषयले राजनीतिक अन्यौलता हुँदा यसको प्रभाव सम्पूर्ण क्षेत्रमा देखिन थालेको दावीसहित सहभागीहरूले यस बिषयमा पुनः जनमतसङ्ग्रहको माग गरेका छन् ।

प्रदर्शनपछि बेलायती संसदको बाहिरी क्षेत्रमा जम्मा हुने जनमासलाई स्कटल्याण्डका प्रथम मन्त्री निकोला स्टर्जियन, लण्डनका नगर प्रमुख सादिक खान र प्रतिपक्षी लेबर पार्टीका उपनेता टम वाटसनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।ब्रेक्जिटको विपक्षमा भएको बृहद् जनप्रदर्शनको पूर्वसन्ध्यामा पछिल्लो राजनीतिक अन्यौलबारे बोल्दै खानले भने, ब्रेक्जिट पूर्ण तथा अत्यन्त भद्रगोलको अवस्थामा पुगेको छ । त्यसैले आफूहरूले यसबारे नयाँ निर्णय लिन जनदबाव सिर्जना गर्ने बताए ।

प्राप्त जानकारी अनुसार बेलायतको राजधानी लण्डनमा केही दशक यताकै ठूलो भनिएको प्रदर्शन बेलायतलाई इयूबाट छुट्याउने बिषयमा पुनः विचारका लागि जनतामा जान दबाव दिन आयोजना गरिएको खानले बताए । (रासस/एएफपी)

प्रकाशित मिति: Mar 24, 2019

प्रतिक्रिया दिनुहोस्