Logo
१५ चैत्र २०८०, बिहीबार
(March 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिके राउतसंगको सहमति र विप्लव प्रतिवन्धबारे संसदमा प्रधानमन्त्रीले जवाफ दिदै

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले संसदमा सम्बोधन गर्दैछन् । आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेश सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । सल्लाहकार अर्यालका अनुसार संसद बैठककमा सरकारले गरेका काम कारवाही र निर्णयबारे सांसदहरुले पछिल्लो समय संसदमा उठाएको प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिन लागेका हन् ।

यसअघि गत फागुन २४ गते सरकारले स्वतन्त्र मधेस गठबन्धनका सिके राउतसँग ११ बुँदे सहमति गरेको थियो । त्यस्तै फागुन २८ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएको थियो । यी दुवै निर्णयको प्रतिपक्षि र सत्तापक्षबाटै पनि चर्को आलोचना भइरहेको छ ।

सरकार र राउत समुहबीच ११ बुँदे सहमतिपछि राउत राजनीतिक मुलधारमा आएको सरकारी पक्षले दावी गरेपनि सहमतिपछि पनि उनका गतिविधि शंकास्पद रहेको भन्दै आलोचना रोकिएको छैन । सिकेसँगको सहमतिले देश टुक्राउने अभियानमा रहेका राउतलाई सरकारले नै बैधानिकता दिएको तथा राजनीतिक माग बोकेका विप्लवलाई प्रतिवन्ध लगाएर सरकारले नै द्वन्द्व निम्त्याएको भन्दै संसदमा सरकारी निर्णय र सहमतिको चर्को आलोचना हुदै आएको छ ।

त्यस्तै सरकारले संसदमा पेश गरेको राष्ट्रिय सुरक्षा परिषदको काम कर्तव्य र अधिकारबारे व्यस्था गर्न बनेको विधेयकका बारेमा समेत विरोध भइरहेको छ । यो विधेयक गत फागुन २९ गते संसदमा दर्ता भएको थियो । जसमा प्रधानमन्त्रीले आफुखुशी सेना परिचालन गर्नेगरी विधेयक ल्याइएर निरंकुश बन्न खोजेको भन्दै त्यसलाई सच्चाउनुपर्ने आवाज उठ्दै आएको छ । यसअघि प्रधानमन्त्री ओलीले गत माघ ४ गते संसदमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिएका थिए ।

प्रकाशित मिति: Mar 24, 2019

प्रतिक्रिया दिनुहोस्