Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसईई परीक्षा २०७५ : सांसददेखि अभिनेत्रीसम्म परिक्षार्थी


काठमाडौं : 
यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको आइतबारदेखि सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो । परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुँदै छन् ।

करिश्मा मानन्धर, अभिनेत्री

यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् । परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् । परीक्षा नियन्त्रक अधिकारीले परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी सहभागी हुँदैछन् । त्यसैगरि सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी हुँदैछन् ।

एसईई परीक्षाको सहभागीहरूमा भने विविधता छ । शारीरिक रुपमा सबलदेखि दुर्वलसम्मकाले माथिल्लो शैक्षिक खुड्किलोमा टेक्न परीक्षाको सामना गरिरहेका छन् । शारीरिक असक्तताका कारण लेख्न नसक्नेहरूले सहयोगीको साहरामा परीक्षा दिइरहेका छन् ।त्यस्तै विभिन्न उमेर समूहका व्यक्तिको पनि सहभागिता छ, यस वर्षको एसईईमा ।

यस वर्षको परीक्षामा केही सेलिब्रेटी पनि सहभागी छन् । राजनीतिज्ञदेखि कलाकारितामा छुट्टै पहिचान बनाएका व्यक्ति पनि सामेल भएकाले धेरैको चासो यस वर्षको परीक्षामा छ । कमलरी हुँदै मूलधारको राजनीतिमा छुट्टै छवी बनाउन सफल शान्ता चौधरी दाङबाट परीक्षामा सहभागी भएकी छन् ।

पारिवारिक तथा सामाजिक कारणले अध्ययनबाट वञ्चित चौधरी महेन्द्र मावि, तुलसीपुरमा सञ्चालित खुला विद्यालयको परीक्षार्थी हुन् । उनको सिम्बल नं। ०५८८४५३ भी रहेको छ । संयोग कस्तो भने उनकै छोरी पनि यसै वर्ष परीक्षामा सामेल भइरहेकी छन् । तर, उनी भने काठमाडौंबाट परीक्षा दिइरहेकी छन् ।

उनको परीक्षा केन्द्र बाल सिर्जनालय बोर्डिङ स्कुल, बसुन्धरामा परेको छ । करिश्मा मानन्धर चर्चित अभिनेत्री हुन् । पछिल्लो समय उनको परिचयमा राजनीतिज्ञको पहिचान पनि थपिएको छ । उनै अभिनेत्री करिश्मालाई पनि एसईई पास गर्ने भोक जागेको छ ।

त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतिदेवीमा अध्ययन गरेकी उनी विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार केन्द्रबाट अहिले परीक्षा दिइरहेकी छन् ।

प्रतिनिधि सभाका सांसद शान्ता चौधरीले दाङको तुलसीपुर स्थित मावि सेन्टर स्कुलबाट आजदेखि शुरु भएको एसइई परीक्षा दिदै । तस्वीर : नारायणी रजौरे, दाङ-रासस

प्रकाशित मिति: Mar 24, 2019

प्रतिक्रिया दिनुहोस्