Logo
१३ बैशाख २०८१, बिहीबार
(March 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१६४ औं नम्बरमा टोगोसँग नेपालले गर्यो कुटनीतिक सम्बन्ध स्थापना

काठमाडौं : नेपालले कुटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १६४ पुगेको छ । हालै पनि पश्चिम अप्रिmकी देश टोगोसँग नेपालले कुटनीतिक सम्बन्ध विस्तार गरेको छ । टोगो सहित नेपालले कुटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १६४ पुगेको हो ।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघीय नियोगका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र राष्ट्र संघीय नियोगका लागि टोगोका स्थायी प्रतिनिधि कोकोयु क्यापेउदोले शुक्रबार संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन । हस्ताक्षरकर्ता दुबैले यो कुटनीतिक सम्बन्धले दुई देश र त्यहाँका जनतालाई एकअर्काको नजिक ल्याउने बताए ।

संयुक्त राष्ट्र संघका महासचिवलाई एन्टिनियो गटरसलाई कुटनीतिक सम्बन्ध स्थापनाबारे जानकारी दिइसकेका छन् । दुबै देश कम विकसीत देशहरूको समूह ‘ग्रुप अफ ७७’ र असंलग्न आन्दोलनका सदस्य छन् । १९६० मा राष्ट्र संघको सदस्यता लिएको टोगोको जनसंख्या करिब ८० लाख छ ।

प्रकाशित मिति: Mar 23, 2019

प्रतिक्रिया दिनुहोस्