Logo
८ बैशाख २०८१, शनिबार
(March 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेसीको खल्लो पुनरागमन : भेनेजुएलासँग ३-१ ले पराजित

विश्वकप पछि पहिलो पटक नियमित कप्तानका रुपमा अर्जेन्टीनी टोलीमा फर्किएका कप्तान लियोनेल मेसकिो पुनरागमन निकै खल्लो भएको छ ।

विश्वकपपछिको पहिलो खेलमा अर्जेन्टिना भेनेजुएलासँग ३-१ ले पराजित हुन पुगेको छ । रुसमा सम्पन्न फिफा विश्वकपका दौरान राउन्ड अफ १६ मै फ्रान्ससँग पराजित भएपछि अर्जेन्टिनाको चुनौती समाप्त भएको थियो। मेसीले त्यसयता भएका ६ अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएनन् ।

३१ वर्षीय मेसीले शुक्रबार भेनेजुएलाविरुद्ध मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेल्दै टोलीलाई जित दिलाउन प्रयास गरेपनि सफल हुन सकेनन् । भेनेजुएलाका लागी खेलको छैटौं मिनेटमा नै सालोमोन रोन्डोनले सुरुवाती गोल गरेका थिए । पहिलो हाफको अन्त्यतिर जोन मुरिलोले अग्रता दोब्बर पारे । ५९ औं मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले एक गोल फर्काएपनि जोसेफ मार्टिनेजले पेनाल्टीमा गोल गर्दै भेनेजुएलालाई २ गोलको अग्रता दिलाए ।

प्रशिक्षक लिओनेल स्कालोनीले सर्जियो अगुएरो, गोन्जालो हिगुआइन, माउरो इकार्डीलगायत फरवार्डहरुलाई टोलीमा समावेश गरेका थिएनन् । स्कालोनीले पाउलो डीबालालाई पनि बेन्चमा नै सिमित राखेका थिए । कप्तान मेसी पनि चोटका कारण मोरोक्कोविरुद्ध अर्को खेल खेल्न नसक्ने अवस्थामा पुगेका छन् ।

प्रकाशित मिति: Mar 23, 2019

प्रतिक्रिया दिनुहोस्