Logo
८ बैशाख २०८१, शनिबार
(March 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रक र टाटा सुमो ठोक्किँदा झापाका अछामी र मगरको

बिराटनगर : प्रदेश १ स्थित मोरङको कानेपोखरी गाँउपालिकामा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। शनिबार बिहान कन्टेनर ट्रक र टाटा सुमो ठोक्किदाँ झापाको अर्जुनधारा नगरपालिका-४ का ४७ वर्षीय रामकुमार अछामी र झापाको गौरादह नगरपालिका–४ का ४५ वर्षीय प्रकाश मगरको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले सुमोमा सवार अछामीको घटनास्थलमै र मगरको उपचारका लागि विराटनगरतर्फ ल्याउने क्रममा बिच बाटोमै मृत्यु भएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ६९१८ नम्बरको कन्टेनरमा सोही दिशाबाट आउँदै गरेको बा ११ च ७९४८ नम्बरको यात्रुवाहक टाटा सुमो बिहान करिब ५ बजे ठोक्किएर दुर्घटना भएको प्रहरी निरीक्षक बजगाईले जानकारी दिए ।

उनका अनुसार टाटा सुमो काठमाडौँबाट यात्रु लिएर झापातर्फ गुडेको थियो। दुर्घटनामा गौरादह–४ की ५५ वर्षीय दुर्गा मगर, ३८ वर्षीय बबिता मगर, १४ वर्षीय प्रविका मगर, ३५ वर्षीय योगेश न्यौपाने र काभ्रेको भुमुटार नगरपालिका–८ का २७ वर्षीय रमेश तामाङ, सुमो चालक झापाको दमक–२ का ३७ वर्षीय कूलबहादुर रेग्मी घाइते भएका छन्।

घाइते मध्ये दुर्गा र प्रविकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबैको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले कन्टेनर र चालक चितवनको राप्ती नगरपालिकाका लक्ष्मण अधिकारी तथा टाटा सुमो र चालकलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: Mar 23, 2019

प्रतिक्रिया दिनुहोस्