Logo
८ बैशाख २०८१, शनिबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस नेता कृष्णप्रसाद सिटौला अस्वस्थ : हृयाम्स अस्पतालको आईसीयूमा राखेर उपचार

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला अस्वस्थ भएपछि धुम्बाराहीस्थित हृयाम्स अस्पतालमा भर्ना भएका छन् ।

अचानक स्वास्थयमा समस्या देखिएपछि शुक्रवार साँझदेखि उनलाई हृयाम्सको आईसीयूमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

उनको उपचारमा डा.अर्जुन कार्की, राजु पंगेनी, भुपेन्द्र बस्नेत, सबिन कोइराला लगायतको टिम संलग्न छन् । सिटौलाको रगतमा हेमोग्लोबिनको कमी भएको र आन्तरिक रक्तश्राव भएकाले आईसीयूमा भर्ना गरिएको स्रोतले जनाएको छ ।

 

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्