Logo
७ बैशाख २०८१, शुक्रबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महामन्त्री शशांक कोइरालाको ‘जनमत संग्रह’ अभिव्यक्ति आपत्तिजनक छ : गगन थापा

काठमाडौं : नेपाली काँग्रेसका युवा नेता गगन थापाले पार्टीका महामन्त्री शशांक कोइरालाले ‘संघीयता र गणतन्त्रको विषयमा जनमत संग्रहमा जान सकिने’ अभिव्यक्ति दिएकोमा आपत्ति जनाएका छन्।

नेता थापाले महामन्त्री कोइरालाप्रति संकेत गर्दै पार्टी भित्र खुला छलफल नगर्ने तर सार्वजनिक कार्यक्रममा विभिन्न विषयमा जनमत संग्रहमा जान सकिने कुरा जिम्मेवार नेताहरुले गरिरहे पार्टी ठूलो भडखालोमा जाकिने चेतावनी पनि दिए।

उनले नेताहरुलाई पार्टी भड्खालको जाने र नेता कार्यकर्ता आफैँ अलमलमा पार्ने खालको अभिव्यक्ति नदिन पनि आग्रह गरे। शुक्रबार गिरिजा प्रसाद कोइराला फाउन्डेशनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गिरिजा प्रसाद कोइरालाले लिएको सहमति, सहकार्य र एकताको सुत्रलाई आत्मसात गरेर पार्टीलाई एकतावद्ध बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए।

कार्यक्रममा बोल्दै अर्का काँग्रेस नेता शेखर कोइरालाले सरकारले संघीयता समाप्त पार्ने काम गरिरहेको आरोप लगाए।

उनले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादतर्फ उन्मुख रहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे।

काँग्रेस नेता कोइरालाले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै आक्रोश पनि व्यक्त गरे।

उनले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि गिरिजाप्रसाद कोइरालाले खेलेको असाधारण भूमिकाको पनि चर्चा गरेको थियो।

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्