Logo
११ बैशाख २०८१, मंगलबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक-२०७५ बहुमतले पारित

काठमाडौँ : राष्ट्रियसभाको शुक्रबारको बैठकले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ पारित गरेको छ । संशोधन प्रस्तावकर्ता सांसद राधेश्याम अधिकारीले राखेका प्रस्तावलाई अस्वीकृत गर्दै बहुमतले सो विधेयक पारित गभएको हो ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक राष्ट्रियसभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पेश गरेका थिए ।

विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५’ र ‘भू-उपयोग विधेयक, २०७५’ प्रतिनिधिसभाबाट आएको सन्देशसहितको प्रतिवेदन पेश गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक चैत १० गते आइतबार ११ बजे बस्ने भएको छ ।

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्