Logo
४ बैशाख २०८१, मंगलबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भृकुटीमण्डपमा २२ औँ पुष्प व्यापार मेला सुरु

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि २२ औँ पुष्प व्यापार मेला सुरु भएको छ । फ्लोरी कल्चर एशोसियसन नेपालको आयोजनामा सुरु भएको मेला ३ दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

कृषि विकाष मन्त्रालयको सहयोगमा सञ्चालित मेलाको उद्घाटन कृषि तथा पशुपन्क्षी विकास राज्यमन्त्री बालकुमारी चौधरीले गरिन् । उनले कार्यक्रमको उद्घाटन गर्दे नेपाल कृषि प्रदान देश रहेकोले फूलको उत्पादन बढाउनुपर्ने बताइन् । उनले नेपालको समृद्धि र विकासका निम्ति पुष्प व्यापारले ठूलो भूमिका खेल्ने धारणा राखिन् । फूलप्रतिको महिमाबारे बोल्दै कृषि तथा पशुपन्क्षी विकास राज्यमन्त्री चौधरीले नेपाल जस्तो सांस्कृतिक तथा धार्मिक देशमा फूलको महत्त्व अझ बढी रहेको बताइन् ।

फ्लोरी कल्चर एशोसियसन नेपालका अध्यक्ष कुमार कसोजु श्रेष्ठले पुष्प मेलाले उत्पादक र उपभोक्ता बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्ने धारणा व्यक्त गरे। उनले पुष्प व्यापारमा हुने विचौलियाको चलखेललाई पूर्णरूपमा बन्द गर्न मेलाले ठूलो भूमिका खेल्न बताए । गत वर्ष पुष्प मेलामा ३ करोडको व्यापार भएको बताउँँदै उनले यसपाली पनि ३ करोडभन्दा माथिको व्यापार गर्ने लक्ष्य रहेको बताए। मेलामा देशी र विदेशी गरी ८४ वटा स्टल छन् ।

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्