Logo
१२ बैशाख २०८१, बुधबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय राजदूत पुरीसँगको गोप्य भेटप्रति सरकारको आपत्ति

काठमाडौं : भारतीय राजदूत मन्जिव सिंह पुरीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग जनकपुरमा गरको भेटको विषयलाई सरकारले आपत्तिजनक भन्दै खेद ब्यक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीतका गतिविधि गर्दै हिँडेका पूर्व राजासँगका भारतीय राजदूतले भेट गर्नु आपत्तिजनक रहेको भन्दै स्पष्टिकरण लिने संकेत दिएका छन् ।

हाल तराई-मधेश मिसनमा रहेकमा पूर्व राजासँग राजदूत पुरीले गोप्य भेट गरेको सरकारी संयन्त्रहरुले सूचना दिएपछि मन्त्रिपरिषद बैठकमै यो विषयले प्रवेश पाएको हो । नागरिकका रुपमा पूर्व-राजालाई संविधान अन्तर्गतबाहेक अन्य गतिबिधि गर्ने छुट नरहेको समेत सरकारका एक मन्त्रीले बताए ।

गत साता जनकपुरलाई मुकाम बनाएर पूर्व राजा ज्ञानेन्द्र शाहले सर्लाही, धनुषा, सिराहा, उदयपुर र सप्तरीका बिभिन्न मठमन्दिरको भ्रमण गरेका थिए । धार्मिक भ्रमण भनिए पनि पूर्व राजाको मुख्य मिसन मधेसी समुदायसँग संवाद रहेको उनका सहयोगीले बताएका थिए ।
पूर्वराजाको भ्रमणका क्रममा ठूलो संख्यामा मधेशी समुदाय जम्मा गरिएको थियो ।

उनीहरुले ‘राजा आउ देश बचाउ’ लगायतका नारा लगाएका थिए । मधेशमा हिन्दू धर्मको रक्षाका लागि राजा आवश्यक रहेको बहस समेत चलाइएको थियो । जनकपुरको सिताशरण होटलमा बसेका पूर्व राजालाई भारतीय राजदूत पुरीले सोही होटलमा भेटेको सूचना सरकारले पाएको छ । यद्यपी, भारतीय दूतावासले भने पूर्वराजासँग भएको भेटको पुष्टि गरेको छैन ।

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्