Logo
१५ चैत्र २०८०, बिहीबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब अत्तरियामा पनि ग्लोबल आइएमई बैंकको शाखा

कैलाली : ग्लोबल आइएमई बैंक लिमिटेडले कैलालीको अत्तरिया स्थित शाखा कार्यालयबाट कारोबार सुरु गरेको छ । कैलाली जिल्लाको अत्तरिया र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्देश्यले खोलिएको शाखाको पूर्व मन्त्री एंव प्रतिनिधि सभा सदस्य लेखराज भट्टले औपचारिक उद्घाटन गरेका छन् ।

उक्त शाखाको औपचारिक उद्घाटन गर्दै भट्टले अत्तरिया लगायत देशका अन्य स्थानहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुगेको बताए ।

त्यसैगरी, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ्ग पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्देश्य रहेको बताए ।

कार्यक्रममा बैंकका अध्यक्ष ढकाल लगायत स्थानीय जनप्रतिनिधि, उद्योग बाणिज्य संघका पदाधिकारी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्