Logo
१३ बैशाख २०८१, बिहीबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुसी प्राप्त गर्न जान्नुहोस् यसका २० अद्भुत तथ्यहरु

काठमाडौं :  खुसी मानिसहरुलाई लागी शारिरिक , मानसिक दुवै रुपमा स्वास्थ्य रहनको लागी चाहिन्छ । खुसीले मानिसहरुलाई जीवनको हरेक अप्ठ्याराहरुमा अघि बढ्नको लागी मदत गर्छ ।

त्यसका लागी प्रत्येक मानिसहरुले आफु तन, मन, धनदेखि नै खुसी हुनुपर्छ । अर्थात आफ्नो जे छ, त्यहीमा सन्तुष्ट भएमा खुसी मिल्दछ । त्यसैले प्रत्येक वर्ष मार्च २० मा अन्तर्राष्ट्रिय खुसी दिवस मनाइन्छ । हेर्नुस् खुसी प्राप्त गर्ने २०अद्भुत तथ्यहरु :

  • खुसी सरुवा रोग जस्तै हो । किनभने जसरी साथीहरुसँग संगत गर्दा रुघाखोकी सर्छ । त्यसरी नै खुसी पनि एकअर्कामा सेयर गर्दा सर्छ ।
  • यदि तपाई आफ्नो तनावलाई भुलेर खुसी हुन चाहनुहुन्छ भने यत्तिकै मुस्कुराउँदा पनि खुसी बढ्छ ।
  • एक अध्ययनको अनुसार खुसीले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । त्यसैले खुसीलाई महँगो औषधी पनि भनिन्छ ।
  • यदि तपाई अरुलाई खुसी बनाउनु हुन्छ भने आफ्नो पनि खुसी बढ्छ ।
  • एक अनुसन्धानका अनुसार खुसी आँशिक रुपमा वंशानुगत हुन्छ ।
  • तपाईमा फुलको सुगन्धले खुसी बढाउँछ ।
  • तपाईमा भएको अरबौ पैसाले भन्दा सम्बन्धले बढी खुसी दिन्छ ।
  • यदि तपाईलाई मन पर्ने रंग प्रयोग गर्नुभयो भने त्यसले पनि खुसी दिन्छ ।
  • खुसीले तपाईको पीडा कम गर्न सहयोग गर्ने भएकाले यस्ता व्यक्ति सधै सफल हुन्छन् ।
  • तपाईको घरमा पालेको जनावरले खुसी बढाउँछ ।
  • यदि तपाई नियमित ब्यायाम गर्नुहुन्छ भने यसले पनि खुसी दिन्छ ।
  • उमेर बढ्दै जाँदा खुसीको मात्रामा सुधार आउँनेछ ।
  • यदि तपाईले खुसी हुनको लागि कसैसँग म्यासेज गर्नुभन्दा फोन गर्नु उत्तम हुन्छ ।
  • तपाईको आर्थिक समानता र खुसीबीच सम्बन्ध हुन्छ ।
  • प्रकृतिबारे सोच्दा मात्रै पनि खुसी प्राप्त हुन्छ ।
  • यदि तपाई दैनिक फेसबुक चलाउनुहुन्छ भने समाजिक सञ्जालले तपाईको खुसीमा क्षति पुर्याउँछ ।
  • फलफुल र तरकारीले सेवन गर्नाले खुसी प्राप्त हुन्छ ।
  • खुसी खोज्दै जादा सम्बन्धलाई नकरात्मक असर पर्छ ।
  • दुःखको भाव लुकाउनु भन्दा सेयर गरेमा खुसी बढ्छ ।

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्