Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ढुंगा खोज्दा देवता भेट्टिनु भनेझैँ सडक खन्दा चाँदी र तामाका सिक्का फेला

धम्बोजी :  बर्दियाको बारबर्दिया नगरपालिका-६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ ।

प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्रामबारबरको ५ थान चाँदीका सिक्का र ७ केजी २ सय ग्रामको तामाको सिक्का फेला परेको बताए । सडकलाई स्काभेटरबाट खन्दा करीब ३ फिट गहिराइमा चाँदीका सिक्का र तामाका सिक्का फेला परेको प्रहरीेले जनाएको छ । १३ औँदेखि १७ औँ शताब्दीको मुगलकालीन शासनकालका सिक्का हुनसक्ने प्रहरीले जनाएको छ ।

नयाँ मुलुक भएको बर्दियामा मुगल शासनकालमा चोरी डकैतीका त्रासले माटोमुनि ती सिक्का गाडिएको हुनसक्ने अनुमान गरिएको छ । चाँदीका केही सिक्का गाउँलेले लुकाएको पनि प्रहरीले जनाएको छ । तामा र चाँदीका सिक्का अनुसन्धानका लागि पुरातात्विक विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्