Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

व्यवसाहिक प्रतिस्पर्धामा भिड्दै ‘प्रेम लिला’ र ‘कागजपत्र’

काठमाडौं : फ्राईडे रिलिज अन्तर्गत आजबाट दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘प्रेम लिला’ र ‘कागजपत्र’ । अघिल्लो साता रिलिज भएका तीन फिल्म मध्य कसैले पनि गतिलो व्यवसाय गर्न नसकेको यर्थात सबैको सामु छर्लङ हुँदा हँुदै पनि यो साता दुई फिल्म एक अर्कोसँग व्यवसाहिक प्रतिस्पर्धा गर्न आएका हुन् ।

‘कागजपत्र’


‘कागजपत्र’ नक्कली विवाह गरेर अष्ट्रेलिया जाने नेपालीहरुको कथामा बनेको फिल्म हो । अपिल बिष्टको निर्देशन रहेको फिल्ममा नाजिर हुसेन, भोलाराज सापकोटा, शिल्पा मास्के, सरिता गिरी लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।

फिल्मका किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माता हुन् । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतिमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो । फिल्मको बिहिबार साँझ राइजिङ महलस्थित क्युज चलचित्रमा प्रिमिएर गरिएको थियो । पत्रकार र फिल्म युनिटको अलवा अन्य कलाकार समिलित प्रिमिएरमा फिल्मले मिस्रित प्रतिक्रिया पाएको थियो ।

‘प्रेमलीला’

अन्तरदेशीय प्रेमकथामा बनेको हो फिल्म ‘प्रेमलीला’ । एक नेपाली युवती र भारतीय युवक बीचको प्रेम बोल्ने फिल्म अभिनेत्री दीपशिखा खड्काले निर्माण गरेकी हुन् ।

भारतीय मोडल अली खानको समेत अभिनय रहेको मौसम खड्काको पनि मुख्य भूमिका छ । पवन गौतमको छायाँकन, हरि लम्साल, महेश खड्का, नविन कार्कीको संगीत रहेको फिल्म फैजल फिल्मस्को ब्यानरमा नानीमैयाँ कार्कीले निर्माण गरेकी हुन् ।

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्