Logo
६ बैशाख २०८१, बिहीबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ए मेरो हजुर ३’ को दोस्रो गीत सार्वजनिक, दौरा सुरुवालमा ढल्किए अनमोल केसी (भिडियो)

काठमाडौं :  यही चैत अन्तिम शुक्रबार रिलिज हुने चलचित्र ‘ए मेरो हजुर ३’ को दोस्रो गीत रिलिज भएको छ । निर्माण पक्षले शुक्रबार युट्युबमार्फच ‘प्राण प्राण संसार यस्तै रै छ प्राण‘’ बोलको लोकदोहोरी शैलीको गीत सार्वजनिक गरेको हो ।

गीतलाई आनन्द अधिकारीले लेखेका छन् भने आशीष अविरलको स्वर र संगीत रहेको छ । आशीषलाई पाश्र्व गायनमा अञ्जु पन्तले साथ दिएकी छन् । ‘प्राण प्राण संसार यस्तै रै छ प्राण‘’ बोलको गीतमा अनमोल केसीले दौरा सुरुवाल र ढाकाटोपी लगाएर नायिका सुहाना थापासँग नृत्य गरेका छन् । गीतमा सलोन बस्नेत पनि अभिनयमा रहेका छन् ।

चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् भने निर्माण सुनिलबहादुर थापाले गरेका छन् ।

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्